कोरिया सरकारद्वारा नेपालका ४ अस्पताललाई ९० लाखको स्वास्थ्य सामग्री प्रदान « Khabarhub

कोरिया सरकारद्वारा नेपालका ४ अस्पताललाई ९० लाखको स्वास्थ्य सामग्री प्रदान


१८ बैशाख २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– दक्षिण कोरिया सरकारले नेपालका ४ अस्पताललाई ९० लाख रुपैयाँ बराबरका ६ प्रकारका स्वास्थ्य सामग्री प्रदान गरेको छ ।

कोरियाली अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) मार्फत नुवाकोटस्थित त्रिशूली अस्पताल, भक्तपुरको नेपाल–कोरिया मैत्री अस्पताल, कैलालीको टीकापुर अस्पताल र काभ्रेको धुलिखेल अस्पताललाई कोभिड–१९ विरुद्ध जुध्न ती स्वास्थ्य सामग्री प्रदान गरिएको हो ।

नेपालका लागि कोरियाका राजदूत पार्क योङसिकले सम्बन्धित अस्पतालका अध्यक्षहरुलाई स्वास्थ्य सामग्री प्रदान गर्दै जनस्वास्थ्यले झेल्नु परेको अहिलेको विषम परिस्थितिमा केही सहयोग भए पनि अस्पताललाई उपलब्ध गराउन पाएकामा खुशी व्यक्त गर्दै यो परिस्थितिबाट शीघ्र छुटकारा मिल्ने विश्वास व्यक्त गरे ।

यसैबीच कोइकाले समावेशी ग्रामीण विकास तथा जीवनयापन परियोजनामार्फत नवलपरासीका ४३३ घरपरिवारलाई राहत सामग्री खरिदका निम्ति १३ लाख रुपैयाँ प्रदान गरेको छ ।

सुनवली र मध्यविन्दु नगरपालिकाका साथै सुस्ता, प्रतापपुर, फलेडाँडा र सरावल गाउँपालिकाका बासिन्दालाई राहत सामग्री उपलब्ध गराउन उक्त रकम खर्च गरिनेछ ।

प्रकाशित मिति : १८ बैशाख २०७७, बिहीबार  ५ : ३१ बजे

कांग्रेसले सार्वजनिक गर्‍यो महाधिवेशन तालिका

काठमाडौं । नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको तालिका सार्वजनिक गरेको

साउदी-टर्की-पाकिस्तान रक्षा सम्झौताप्रति ट्रम्पले के भने ?

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सम्झौताको स्वागत गर्दै यसलाई

बारामा तीन दिनदेखि बेपत्ता तीन वर्षीय बालिकाको शव छिमेकीको घरमा भेटियो

काठमाडौँ । बाराको जितपुरसिमराकी ३ वर्षीय बालिकाको शव तीन दिनपछि

लघुवित्त पीडितका पक्षमा आन्दोलन गर्दा पक्राउ परेका जेनजी अभियन्ता २२ दिनपछि छुटे

काठमाडौं । लघुवित्त पीडितका पक्षमा आन्दोलन गर्दा माइतीघर मण्डलाबाट पक्राउ

सरकार र दुर्गा प्रसाईंको समूहबीच वार्ता सुरु

काठमाडौं- नेपाल सरकार र ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक