कोरिया सरकारद्वारा नेपालका ४ अस्पताललाई ९० लाखको स्वास्थ्य सामग्री प्रदान | Khabarhub Khabarhub

कोरिया सरकारद्वारा नेपालका ४ अस्पताललाई ९० लाखको स्वास्थ्य सामग्री प्रदान


१८ बैशाख २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– दक्षिण कोरिया सरकारले नेपालका ४ अस्पताललाई ९० लाख रुपैयाँ बराबरका ६ प्रकारका स्वास्थ्य सामग्री प्रदान गरेको छ ।

कोरियाली अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) मार्फत नुवाकोटस्थित त्रिशूली अस्पताल, भक्तपुरको नेपाल–कोरिया मैत्री अस्पताल, कैलालीको टीकापुर अस्पताल र काभ्रेको धुलिखेल अस्पताललाई कोभिड–१९ विरुद्ध जुध्न ती स्वास्थ्य सामग्री प्रदान गरिएको हो ।

नेपालका लागि कोरियाका राजदूत पार्क योङसिकले सम्बन्धित अस्पतालका अध्यक्षहरुलाई स्वास्थ्य सामग्री प्रदान गर्दै जनस्वास्थ्यले झेल्नु परेको अहिलेको विषम परिस्थितिमा केही सहयोग भए पनि अस्पताललाई उपलब्ध गराउन पाएकामा खुशी व्यक्त गर्दै यो परिस्थितिबाट शीघ्र छुटकारा मिल्ने विश्वास व्यक्त गरे ।

यसैबीच कोइकाले समावेशी ग्रामीण विकास तथा जीवनयापन परियोजनामार्फत नवलपरासीका ४३३ घरपरिवारलाई राहत सामग्री खरिदका निम्ति १३ लाख रुपैयाँ प्रदान गरेको छ ।

सुनवली र मध्यविन्दु नगरपालिकाका साथै सुस्ता, प्रतापपुर, फलेडाँडा र सरावल गाउँपालिकाका बासिन्दालाई राहत सामग्री उपलब्ध गराउन उक्त रकम खर्च गरिनेछ ।

प्रकाशित मिति : १८ बैशाख २०७७, बिहीबार  ५ : ३१ बजे

छुम्बी लामा बने क्यानको प्रवक्ता

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)ले केन्द्रीय सदस्य छुम्बी लामालाई

विकास र समृद्धिका लागि समाजवादी व्यवस्था कार्यान्वयन गर्नुपर्छ : माधव नेपाल

काठमाडौं – नेकपा (एकीकृत समाजवादी) का नवनिर्वाचित अध्यक्ष एवं पूर्वप्रधानमन्त्री

बुटवल उपमहानगरको बजेट पारित

लुम्बिनी – बुटवल उपमहानगरपालिकाको पन्ध्रौँ अधिवेशनले आगामी आर्थिक वर्षको बजेट

पत्रकार महासंघको निर्वाचन पुनः स्थगित

काठमाडौं – नेपाल पत्रकार महासंघको निर्वाचन अन्तिम समयमा आएर पुनः

एसिया कप खेल्ने एपिएफका खेलाडीको बिदाइ

काठमाडौं – सशस्त्र प्रहरी बल नेपालले महिला टी–२० एसिया कपमा