भ्रष्टाचारको आरोप लागेका पूर्वमन्त्री न्यौपाने ५ लाख धरौटीमा रिहा « Khabarhub

भ्रष्टाचारको आरोप लागेका पूर्वमन्त्री न्यौपाने ५ लाख धरौटीमा रिहा


१३ चैत्र २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं–

काठमाडौंको भृकुटीमण्डपस्थित फनपार्कको प्रयोगमा रहेको जग्गा भाडामा लगाउँदा भ्रष्टाचार गरेको आरोप लागेका पूर्वमन्त्री बद्री न्यौपाने ५ लाख रुपैयाँ धरौटीमा रिहा भएका छन् ।

विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी तथा न्यायाधीशहरु द्वारिकामान जोशी र प्रमोदकुमार वैद्यको इजलाशले न्यौपानेलाई ५ लाख धरौटीमा रिहा गर्न आदेश जारी गरेको हो ।

आदेशसँगै ५ लाख रुपैयाँ नगद बुझाएर न्यौपाने रिहा भइसकेका विशेष अदालतका उपरजिष्ट्रार पुष्पराज पाण्डेयले जानकारी दिए ।

तत्कालीन महिला बालबालिका तथा समाज कल्याण मन्त्री रहेका न्यौपानेविरुद्ध ३१ करोड ५२ लाख १७ हजार ६ सय ७५ रुपैयाँ बिगो तथा जरिवाना दावी गर्दै अभियोग पत्र दायर गरेको थियो ।

समाज कल्याण परिषदले काठमाडौंको भृकुटीमण्डपस्थित फनपार्क मेला क्षेत्र रहेको ६० रोपनी जग्गा भाडामा लगाउँदा प्रचलित मापण्ड र प्रक्रिया विपरित गरी अनियमितता गरेको दावी गरेको छ ।

फनपार्कको जग्गालाई वद्नियतपूर्वक प्रतिरोपनी ९ हजार २ सय ५० रुपैयाँमा मात्रै भाडामा लगाइएको भन्दै पूर्वमन्त्री न्यौपानेसहित १४ जनाविरुद्ध गत माघ २१ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

प्रकाशित मिति : १३ चैत्र २०७५, बुधबार  ६ : १२ बजे

हात्ती आक्रमणबाट मृतकका परिवारलाई १० लाख राहत दिने मन्त्री गौतमको घोषणा

काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले मानव–वन्यजन्तु

फ्लाई दुबईले उडान भर्ने भएपछि पोखराका पर्यटन व्यवसायी उत्साहित

काठमाडौं । फ्लाई दुबईले पोखराबाट उडान भर्ने भएपछि यस क्षेत्रका

इजिप्टको मरुभूमिमा भेटियो सयौँ वर्ष पुरानो सहर

काठमाडौं । इजिप्टका पुरातत्वविद्हरूले दुईवटा अत्यन्तै महत्त्वपूर्ण ऐतिहासिक खोज गरेका

युवामा लगानी र उद्यमशीलतामार्फत अर्थतन्त्र सुदृढ बनाउन जोड

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सअन्तर्गत नेपाल युथ चेम्बरद्वारा आयोजित

कांग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय थप

ललितपुर – नेपाली कांग्रेसले क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय आगामी