एक महिनाको छुट दिइ ‘लकडाउन’ अबधिभर घरभाडा नमाग्न सरकारको आग्रह « Khabarhub

एक महिनाको छुट दिइ ‘लकडाउन’ अबधिभर घरभाडा नमाग्न सरकारको आग्रह


१८ बैशाख २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले शहरी क्षेत्रमा घरभाडामा बस्नेहरुको एक महिनाको भाडा छुट दिइ ‘लकडाउन’ अवधिभर भाडा नमाग्न सबै घरधनीलाई आग्रह गरेको छ ।

कोरोना भाइरसको सम्भावित जोखिमलाई रोक्न सरकारले लागू गरेको लकडाउन अवधिभरको घर भाडा नमाग्न सरकारले आग्रह गरेको हो।

बिहीबार मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री डा.युवराज खतिवडाले विपतको बेला घरभाडा नलिएर घरधनीहरुलाई मानवियता दर्शाउन आग्रह गरेका हुन् ।

उनले कोभिड–१९ को विषम परिस्थिति सहज भएपछि माग्न अनुरोध गरेको हो ।

त्यस्तै, सरकारले एक महिनाको घरभाडाको छुट दिन समेत संबन्धित घरधनीहरुलाई अपिल गरेको छ ।

यदि त्यसो नभएमा सरकारले कडाइका साथ अनुगमन गर्ने र आवश्यक परे कारबाही समेत गर्ने जनाएको छ । यसको जिम्मा स्थानीय तहलाई दिने निर्णय सरकारले गरेको छ ।

प्रकाशित मिति : १८ बैशाख २०७७, बिहीबार  ८ : २१ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै