रोल्पाको गैरीगाउँमा बम विस्फोट, ४ जना बालबालिकाको मृत्यु « Khabarhub

रोल्पाको गैरीगाउँमा बम विस्फोट, ४ जना बालबालिकाको मृत्यु


१८ बैशाख २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रोल्पाको त्रिवेणी गाउँपालिका–७ मा बम विस्फोट हुँदा ४ जना बालबालिकाको मृत्यु भएको छ ।

त्रिवेणी गाउँपालिका–७ गैरीगाउँमा बम विस्फोट हुँदा ४ जनाको मृत्यु भएको गाउँपालिकाका अध्यक्ष शान्त कुमार ओलीले खबरहबलाई जानकारी दिए ।

विष्फोटमा त्रिवेणी गाउँपालिका ४ का गौरब नेपाली त्रिवेणी ४ का १४ वर्षका नोछीराम डाँगी, पाँच वर्षका विजय खत्री, पाँच वर्षकै विमला खत्रीको ज्यान गएको हो ।

गाउँपालिका अध्यक्ष ओलीका अनुसार बिहीबार साँझ बाख्रा चराएर घर फर्किने क्रममा ४ जना बालबालिका बम विस्फोटमा परेका हुन् ।

बम विस्फोटबाट चारै जनाको घटनास्थलमै मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय होलेरीबाट अहिले प्रहरी निरीक्षकको टोली घटनास्थलतर्फ लागेको छ ।

जिल्ला प्रहरी कार्यालय रोल्पाले स्थानीय तहबाट घटनाको विषयमा जानकारी प्राप्त भएको जनाएको छ ।

‘घटनाको विवरण हामीलाई पनि प्राप्त भएको छ । विस्तृत बुझ्नका लागि अहिले इलाका प्रहरी कार्यालय होलेरीबाट प्रहरी निरीक्षकको कमाण्डमा टोली घटनास्थलतर्फ गएको छ,’ रोल्पाका डीएसपी चित्रबहादुर गुरुङले भने ।

घटनास्थलमा अहिले अरु पनि विस्फोटक पदार्थ भेटिएको गाउँपालिका अध्यक्ष ओलीले जानकारी दिए ।

‘घटनास्थलमा अहिले अरु पनि विस्फोटक पदार्थ (बम) भेटिएका छन्,’ अध्यक्ष ओलीले खबरहबसँग भने, ‘ती बम डिस्पोजका लागि सेनाको टोली बोलाइएको छ ।’

अध्यक्ष ओलीका अनुसार घटनास्थलमा बमहरु छरिएका कारण विस्फोटमा परी मृत्यु भएका बालबालिकाको शव समेत उठाउन सकिएको छैन ।

प्रकाशित मिति : १८ बैशाख २०७७, बिहीबार  ८ : १७ बजे

पोखरा विश्वविद्यालयमा इन्जिनियरिङतर्फ पहिलोपटक पीएचडी सुरु

पोखरा – पोखरा विश्वविद्यालयले इन्जिनियरिङतर्फ पहिलोपटक विद्यावारिधि (पीएचडी) तहको पठनपाठन

नक्सापास बिना निर्माण गरिएका संरचना सम्पन्नको प्रमाणपत्रमा रोक

चितवन– चितवनको रत्ननगर नगरपालिकाले बिना नक्सापास निर्माण गरिएका पुराना संरचनाको

हिरासतबाट छुटेपछि किशोर श्रेष्ठको प्रतिक्रिया: ‘सत्य मरेको छैन, कलम हारेको छैन’

काठमाडौँ – सर्वोच्च अदालतको आदेशमा जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतबाट

नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलिया प्रस्थान

काठमाडौँ– टप एन्ड टी–२० सिरिजमा सहभागिता जनाउन नेपाल ‘ए’ क्रिकेट

मकवानपुरमा स्कार्पियो खोल्सामा खस्यो, उच्च अदालतका न्यायाधीश र रजिस्ट्रारसहित ६ जना घाइते

काठमाडौँ- काठमाडौँ – काठमाडौँबाट वीरगञ्जतर्फ जाँदै गरेको स्कार्पियो मकवानपुरको भीमफेदीमा