कोरोना भाइरस : बितेको २४ घण्टामा ५ हजार ८ सयको मृत्यु, ८५ हजार ९ सयबढी संक्रमित « Khabarhub

कोरोना भाइरस : बितेको २४ घण्टामा ५ हजार ८ सयको मृत्यु, ८५ हजार ९ सयबढी संक्रमित


१९ बैशाख २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या २ लाख ३३ हजार ८२९ पुगेको छ ।

४ महिनादेखि फैलिएको कोरोना भाइरसको महामारीबाट ३३ लाख ४ हजार १४० मानिस संक्रमित भएका छन् ।

विश्वका २१० मुलुक र २ वटा पानीजहाजमा फैलिएको कोरोना भाइरसको संक्रमणमा परेका १० लाख ३९ हजार ५५ जना मानिस उपचारपछि निको भइ घर फर्केका छन् ।

शुक्रबार बिहान यो समाचार तयार पार्दासम्म २० लाख ३१ हजार २५६ जना कोरोना संक्रमितको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । उपचाररतमध्ये ५० हजार ९६२ जनाको अवस्था गम्भीर छ ।

पछिल्लो २४ घण्टामा संक्रमणबाट विश्वभर ५ हजार ८ सय जनाको मृत्यु भएको छ भने ८५ हजार ९५७ जना संक्रमित भएका छन् ।

त्यस्तै कोरोना भाइरसले युरोपियन मुलुकहरुमा १३ लाख ७३ हजार ४४४ जना संक्रमित छन् । एकै दिन २६ हजार ६४ जना नयाँ संक्रमित थपिएका छन् ।

यो समाचार तयार पार्दासम्म १ लाख ३५ हजार २३५ जनाले ज्यान गुमाएका छन् । अहिलेसम्म ५ लाख ३ हजार ७२८ जना उपचारपछि घर फर्किएका छन् । ७ लाख ३४ हजार ४८१ जना विभिन्न अस्पतालमा उपचाररत छन् । उनीहरुमध्ये १८ हजार ७७३ को अवस्था गम्भीर छ ।

एसियाली देशमा कोरोना संक्रमितको संख्या ५ लाख २० हजार ५० पुगेको छ । अहिलेसम्म १८ हजार ६१० ले ज्यान गुमाएका छन् । २ लाख ६५ हजार ५३२ जना उपचारपछि फर्किएका छन् । २ लाख ३५ हजार ९०८ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । अहिले ५ हजार ७२९ जनाको अवस्था गम्भीर छ ।

उत्तर अमेरिकी मूलुकहरुमा ११ लाख ८५ हजार ६७ जना संक्रमित भएका छन् । ६९ हजार ५१९ ले ज्यान गुमाएका छन् । अहिले ९ लाख २६ हजार ५९८ को विभिन्न अस्पतालमा उपचार भइरहेको छ । १६ हजार ४९१ जनाको अवस्था गम्भीर छ । १ लाख ८८ हजार ९५० जना उपचारपछि घर फर्किएका छन् ।

दक्षिण अमेरिकी मूलुकहरुमा १ लाख ७६ हजार ८१४ जनामा संक्रमण देखिएको छ । ८ हजार ७०२ जनाले ज्यान गुमाएका छन् । ६० हजार ९५ जना निको भएका छन् भने १ लाख ८ हजार १०७ जना उपचाररत छन् । ९ हजार ८०२ को अवस्था गम्भीर छ ।

अफ्रिकी राष्टमा ३९ हजार ७१३ संक्रमित भएका छन् । १ हजार ६३८ जनाले ज्यान गुमाएका छन् । त्यस्तै अस्ट्रेलियासहित ओसिनियाका मुलुकहरुमा ८ हजार ३३१ जना संक्रमित भएका छन् । ११० जनाको मृत्यु भएको छ ।

अमेरिकामा पछिल्लो २४ घण्टामा मात्रै शुक्रबार बिहान समाचार तयार पार्दासम्म २ हजार २०१ जनाले ज्यान गुमाएका छन् । योसँगै अमेरिकामा मृत्यु हुनेको संख्या ६३ हजार ८५६ पुगेको छ ।

अमेरिकामा एकैदिन ३० हजार ८२५ बढीमा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या १० लाख ९५ हजार १९ पुगेको छ ।

अमेरिकामा संक्रमितमध्ये १ लाख ५२ हजार ३२४ जना उपचारपछि निको भएका छन् ।१५ हजार २२६ जनाको अवस्था गम्भीर छ । ८ लाख ७८ हजार ८३९ जना उपचाररत छन् ।

प्रकाशित मिति : १९ बैशाख २०७७, शुक्रबार  ६ : ४२ बजे

भोटेकोशी बाढी : हालसम्म १ हजार ३ सय ८६ जनाको शव फेला

काठमाडौं- रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण आइतबार दिउँसो २:००

अध्यक्ष ओलीलाई ध्यानाकर्षण पत्र बुझाइयो 

काठमाडौं– छापा माध्यम बचाउ सुझाव कार्यदलले लोककल्याणकारी विज्ञापनबापत उपलब्ध गराइने

उत्तरी नाइजेरियामा ६ जना धार्मिक गुरु अपहरण

जाम्फारा, नाइजेरिया- उत्तरी नाइजेरियाको जाम्फारा राज्यमा हतियारधारी समूहले ६ जना

छिमेकमा ब्रिक्स सम्मेलन : नेपाल न टेबलमा, न मेनुमा ?

काठमाडौं- नयाँ दिल्लीमा शनिबार र आइतबार दुई दिनसम्म चलेको १८औँ

विश्व अर्थतन्त्र सुधार्न दिल्लीमा शक्तिराष्ट्रको कसरत, नेपाल बेखबर

भारतको राजधानी नयाँ दिल्लीमा विश्व अर्थतन्त्र र बदलिँदो भू–राजनीतिक शक्तिसन्तुलनसँग