कोरोना संक्रमण : आज अमेरिकापछि बेलायतमा धेरैले ज्यान गुमाए « Khabarhub

कोरोना संक्रमण : आज अमेरिकापछि बेलायतमा धेरैले ज्यान गुमाए


१९ बैशाख २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण बेलायतमा पनि तीव्र रुपमा देखिएको छ ।

केही दिन यता संक्रमण र मृत्युदर घट्दो क्रममा रहेको बेलायतमा पुनः बढेको छ । आजको तथ्यांक हेर्ने हो भने अमेरिका पछि बेलायतमा सबैभन्दा धेरैले ज्यान गुमाएका छन् ।

पछिल्लो २४ घण्टामा अमेरिकामा २ हजार २०१ जनाले ज्यान गुमाएका थिए भने बेलायतमा ६७४ जनाले ज्यान गुमाएका छन् ।

बेलायतमा पछिल्लो २४ घण्टामा ६७४ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या २६ हजार ७७१ पुगेको छ ।

बेलायतमा एकैदिन ६ हजार ३२ जनामा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या १ लाख ७१ हजार २५३पुगेको छ ।

बेलायतमा संक्रमितमध्ये १ लाख ४४ हजार १३८ जना उपचाररत छन् । १ हजार ५५९ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

चीनको वुहानबाट शुरु भएको कोरोना संक्रमणले हाल विश्व त्रसित बनेको छ ।

प्रकाशित मिति : १९ बैशाख २०७७, शुक्रबार  ६ : ३९ बजे

सुनका गरगहना चोरीमा संलग्न पाँचजना पक्राउ

काठमाडौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–१, लोकन्थलीस्थित एउटा घरबाट सुनका गरगहना,

प्रधानाध्यापकमाथि हातपात गर्ने २ जना पक्राउ

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१०, कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका

पोखरा स्कुल बस दुर्घटनाका घाइतेलाई एयर एम्बुलेन्सबाट काठमाडौं लगियो

पोखरा । कास्कीको पोखरा महानगरपालिका–२८ ओख्लेमा स्कुल बस दुर्घटनामा घाइते अश्मि

बूढीगण्डकी बाढी : आरुघाटमा बेलीब्रिज जडानको तयारीमा खटियो सेनाको टोली

काठमाडौं । बूढीगण्डकी बाढीले आरुघाट–धादिङ जोड्ने मोटरेबल पुलमा बगाएपछि सो

उपचार र राहतमा सहमतिपछि स्कुल बस दुर्घटनाका मृतकको अन्त्येष्टि

कास्की – पोखरा महानगरपालिका–२८ कालिकास्थित ओख्लेको भिरमा शुक्रबार बिहान स्कुल