बहराइनमा थप ३१ जना नेपालीलाई कोरोना संक्रमण, संक्रमितको संख्या १५७ पुग्यो | Khabarhub Khabarhub

बहराइनमा थप ३१ जना नेपालीलाई कोरोना संक्रमण, संक्रमितको संख्या १५७ पुग्यो


१९ बैशाख २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बहराइनमा थप ३१ जना नेपाली श्रमिकमा कोरोना भाइरसको संक्रमण देखिएको छ । यो संगै बहराइनमा कोरोना संक्रमित नेपालीको संख्या १५७ पुगेको छ ।

बहराइनस्थित नेपाली दूतावासका अनुसार यसअघि १२६ जना नेपालीमा कोरोना सङ्क्रमण देखिएको थियो ।

बहराइन सरकारले सबै नेपालीको आफ्ना नागरिक सरह नै उपचार गरिरहेको र अवस्था सामान्य रहेको दूतावासको भनाइ छ ।

यस्तै, दूतावासले कोरोनाका कारण समस्या पर्ने नेपाली श्रमिकलाई आफ्नो विवरण टिपाउन अनुरोध गरेको छ ।

समस्यामा पर्ने नेपालीको एकीकृत विवरण लिने र समस्या समाधानका लागि सहजीकरण गर्ने दूतावासद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

बहराइनमा समस्यामा पर्ने नेपाली श्रमिकलाई विवरण टिपाउनका लागि पहल गर्न दूतावासले नेपाली समुदाय र संघसंस्थालाई पनि आग्रह गरेको छ । बहराइनमा झण्डै ३० हजार नेपाली कार्यरत रहेको जनाइएको छ ।

प्रकाशित मिति : १९ बैशाख २०७७, शुक्रबार  ९ : १२ बजे

विकास र समृद्धिका लागि समाजवादी व्यवस्था कार्यान्वयन गर्नुपर्छ : माधव नेपाल

काठमाडौं – नेकपा (एकीकृत समाजवादी) का नवनिर्वाचित अध्यक्ष एवं पूर्वप्रधानमन्त्री

बुटवल उपमहानगरको बजेट पारित

लुम्बिनी – बुटवल उपमहानगरपालिकाको पन्ध्रौँ अधिवेशनले आगामी आर्थिक वर्षको बजेट

पत्रकार महासंघको निर्वाचन पुनः स्थगित

काठमाडौं – नेपाल पत्रकार महासंघको निर्वाचन अन्तिम समयमा आएर पुनः

एसिया कप खेल्ने एपिएफका खेलाडीको बिदाइ

काठमाडौं – सशस्त्र प्रहरी बल नेपालले महिला टी–२० एसिया कपमा

विश्व खाद्यान्न मूल्य जुनमा स्थिर : एफएओ

रोम – विश्व खाद्यान्नको मूल्य जुनमा स्थिर रहेको संयुक्त राष्ट्रसङ्घीय