१४ दिनदेखि हराइरहेका युवकको उद्दार | Khabarhub Khabarhub

१४ दिनदेखि हराइरहेका युवकको उद्दार


१९ बैशाख २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक- हिउँमा १४ दिनदेखि हराइरहेका युवकको उद्दार गरिएको छ ।

सिन्धुपाल्चोक जिल्लाको बेलेफी गाउँपालिका–४ का सुरज लामाको आज (शुक्रबार) बिहान सकुशल उद्दार गरिएको हो ।  

नेकपा केन्द्रीय सदस्य माधव सापकोटा को पहलमा उनको उद्दार भएको हो ।

सापकोटाका अनुसार अलपत्र परेका युवक रसुवागढी हाइड्रोपावरमा मजदुरीको काम गर्दै आएका थिए । 

गत ६ गते श्रीमतिको डेलिभरी हुने मिति पुगेको भन्दै मेलम्ची आउनका लागि भनेर हिँडेका उनी रसुवाको गोसाइँकुण्ड नजिकै तारेभिरमा आएर उनी अलपत्र परेको  थिए ।

गाउँपालिका अध्यक्षले आफूलाई समपर्क गरेर एकजना मानिस हराइरहेको खबर गरेपछि आफूले खोजीकार्य अघि बढाएको उनले बताए । 

आज बिहान उद्दार गरिएको उनको अहिले सिभिल अस्पतालमा उपचार भइरहेको छ । अहिले उनको अवस्था सामान्य रहेको सापकोटाले बताए ।

प्रकाशित मिति : १९ बैशाख २०७७, शुक्रबार  १२ : १७ बजे

दोस्रो राष्ट्रिय आर्टिफिसियल इन्टेलिजेन्स सम्मेलन आज हुँदै

काठमाडौं– दोस्रो राष्ट्रिय आर्टिफिसियल इन्टेलिजेन्स सम्मेलन आज (शनिबार) ललितपुरको  होटल

‘महाकमाण्डर’ देखिए दीपकराज, ‘माग्ने बूढा’लाई सफलता, विजयलाई झट्का

हेडलाइन…– ‘माग्ने राजा’को व्यापारिक सफलताले जोगायो माग्ने बूढाको इज्जत– माइतीघरको

सामाजिक सञ्जालबारे सञ्चारमन्त्री गुरुङले झुट बोलेको आरोप

लमजुङ– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता एवं प्रमुख सचेतक

काठमाडौं उपत्यकामा आज इन्द्रजात्रा पर्व मनाइँदै

काठमाडौं– वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा–आराधना गरी आज

एमाले विधान महाधिवेशन : आज समूहगत छलफल

काठमाडौं– नेकपा एमालेको दोस्रो राष्ट्रिय विधान महाधिवेशन आज पनि जारी