प्रधानमन्त्री ओलीलाई गगन थापाको जवाफ– जो चोर उसकै ठूलो स्वर ! | Khabarhub Khabarhub

प्रधानमन्त्री ओलीलाई गगन थापाको जवाफ– जो चोर उसकै ठूलो स्वर !


१९ बैशाख २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका नेता तथा सांसद गगनकुमार थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको धम्कीबाट कोही नतर्सिने बताएका छन् ।

अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसरमा मन्तव्य दिने क्रममा प्रधानमन्त्री ओलीले सञ्चारमाध्यम र सामाजिक सञ्जाल प्रयोगकर्तालाई धम्की दिएकोप्रति कांग्रेस नेता थापाले त्यस्तो धम्कीबाट कोही नतर्सिने बताएका हुन् ।

प्रधानमन्त्री ओलीले शुक्रबार मजदुर दिवसको अवसरमा आफ्नो वक्तव्य सार्वजनिक गर्दै सिंगै विश्व कोरोना भाइरसको महामारीविरुद्ध लडिरहेका बेला नेपालका केही सञ्चार माध्यम र सामाजिक सञ्जाल प्रयोगकर्ताले देशलाई अस्थिरतातर्फ धकेल्ने प्रयास गरिरहेको आरोप लगाएका थिए । प्रधानमन्त्री ओलीले परिस्थितिलाई बिथोल्न र बिगार्न खोज्ने जोसुकैलाई पनि सरकार, नेकपाका कार्यकर्ता र आम नेपाली जनताका लागि किमार्थ स्वीकार्य नहुने भन्दै ‘धम्की’ समेत दिएका थिए ।

कांग्रेस नेता थापाले प्रधानमन्त्रीको अभिव्यक्तिको जवाफ दिँदै प्रधानमन्त्री ओलीले नै महामारीको मौका छोपेर आफ्नो स्वार्थका लागि अस्थिरताको खेल खेलेको आरोप लगाएका छन् ।

‘वाह प्रधानमन्त्री (पीएम_नेपाल) ज्यू ! महामारीको मौका छोपेर आफ्नो स्वार्थका लागि अस्थिरताको खेल खेल्ने, अनेकन प्रपञ्च रचेर परिस्थित बिगार्ने तपाईं ! गर्नुपर्ने नगर्ने, देख्नुपर्ने नदेख्ने, सुन्नुपर्ने नसुन्ने तपाईं ! अनि धम्की ती खबरदारी गर्नेहरुलाई ? जो चोर उसैको ठूलो स्वर । कोही तर्सनेवाला छैन यो धम्कीबाट,’ कांग्रेस नेता थापाले आफ्नो सामाजिक सञ्जालमा लेखेका छन् ।

प्रकाशित मिति : १९ बैशाख २०७७, शुक्रबार  १ : ४४ बजे

स्थानीय निकायबाट आधारभूत स्वास्थ्य सेवा प्रवाह हुँदै

मोरङ– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले आगामी असोज मसान्तसम्ममा स्थानीय

लिपुलेक नाका सम्बन्धी भारत–चीन सहमतिको विरोध (तस्बिरहरू)

काठमाडौं– संयुक्त विद्यार्थी संगठनले भारत र चीनबीच हालै भएको लिपुलेक

वर्षौँपछि पाकिस्तानका परराष्ट्रमन्त्रीको बंगलादेश भ्रमण

ढाका- पाकिस्तानका परराष्ट्रमन्त्री इसहाक डार शनिबार बंगलादेशको भ्रमणमा गएका छन्

‘स्क्रब टाइफस’बाट एक जनाको मृत्यु

चितवन– स्क्रब टाइफसबाट शनिबार यहाँ एक महिलाको मृत्यु भएको छ

कोशी राजमार्गमा ठूलो पहिरो, तीन दिनदेखि आवागमन ठप्प

खाँदबारी– कोशी राजमार्गअन्तर्गत भोटखोलाको हुङ्गुङ खण्डमा गएको ठूलो पहिरोका कारण