प्रधानमन्त्री ओलीलाई गगन थापाको जवाफ– जो चोर उसकै ठूलो स्वर ! « Khabarhub

प्रधानमन्त्री ओलीलाई गगन थापाको जवाफ– जो चोर उसकै ठूलो स्वर !


१९ बैशाख २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका नेता तथा सांसद गगनकुमार थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको धम्कीबाट कोही नतर्सिने बताएका छन् ।

अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसरमा मन्तव्य दिने क्रममा प्रधानमन्त्री ओलीले सञ्चारमाध्यम र सामाजिक सञ्जाल प्रयोगकर्तालाई धम्की दिएकोप्रति कांग्रेस नेता थापाले त्यस्तो धम्कीबाट कोही नतर्सिने बताएका हुन् ।

प्रधानमन्त्री ओलीले शुक्रबार मजदुर दिवसको अवसरमा आफ्नो वक्तव्य सार्वजनिक गर्दै सिंगै विश्व कोरोना भाइरसको महामारीविरुद्ध लडिरहेका बेला नेपालका केही सञ्चार माध्यम र सामाजिक सञ्जाल प्रयोगकर्ताले देशलाई अस्थिरतातर्फ धकेल्ने प्रयास गरिरहेको आरोप लगाएका थिए । प्रधानमन्त्री ओलीले परिस्थितिलाई बिथोल्न र बिगार्न खोज्ने जोसुकैलाई पनि सरकार, नेकपाका कार्यकर्ता र आम नेपाली जनताका लागि किमार्थ स्वीकार्य नहुने भन्दै ‘धम्की’ समेत दिएका थिए ।

कांग्रेस नेता थापाले प्रधानमन्त्रीको अभिव्यक्तिको जवाफ दिँदै प्रधानमन्त्री ओलीले नै महामारीको मौका छोपेर आफ्नो स्वार्थका लागि अस्थिरताको खेल खेलेको आरोप लगाएका छन् ।

‘वाह प्रधानमन्त्री (पीएम_नेपाल) ज्यू ! महामारीको मौका छोपेर आफ्नो स्वार्थका लागि अस्थिरताको खेल खेल्ने, अनेकन प्रपञ्च रचेर परिस्थित बिगार्ने तपाईं ! गर्नुपर्ने नगर्ने, देख्नुपर्ने नदेख्ने, सुन्नुपर्ने नसुन्ने तपाईं ! अनि धम्की ती खबरदारी गर्नेहरुलाई ? जो चोर उसैको ठूलो स्वर । कोही तर्सनेवाला छैन यो धम्कीबाट,’ कांग्रेस नेता थापाले आफ्नो सामाजिक सञ्जालमा लेखेका छन् ।

प्रकाशित मिति : १९ बैशाख २०७७, शुक्रबार  १ : ४४ बजे

बाल न्याय प्रणालीलाई बालमैत्री बनाउन विधेयक संशोधन : महिलामन्त्री वादी

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री

दुर्घटनामा एक जनाको मृत्यु

कपिलवस्तु–  बाणगङ्गा नगरपालिका–४, गजेहडास्थित तौलिहवा सडकखण्डमा स्कुटर दुर्घटना हुँदा एक जनाको

मोबाइलमै भएको डिजिटल राहदानी र भिसा मान्य हुने

काठमाडौं– अध्यागमन विभागले मोबाइल एपमा उपलब्ध डिजिटल राहदानी र भिसा

चिलिमे र माथिल्लो त्रिशूली-१ को सुरूङभित्र एकै दिन ९ शव भेटिए

रसुवा– रसुवाको चिलिमे जलविद्युत् केन्द्रको सुरुङमा खोजीका क्रममा विद्युत् गृह

भारतबाट थप १६० ग्यास बुलेट ल्याइँदै : डेराका विद्यार्थी, सुत्केरी र गर्भवतीलाई पहिलो प्राथमिकता

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले १६० वटा अतिरिक्त ग्यास