रेडियोबाट एसइई तयारी कक्षा « Khabarhub

रेडियोबाट एसइई तयारी कक्षा


१९ बैशाख २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ- कोभिड–१९ को जोखिम न्यूनीकरणका लागि बन्दाबन्दी लागू भएपछि एसइई परीक्षा स्थगन भएर घरमै बसिरहेका विद्यार्थीलाई लक्षित गरी तनहुँको एक रेडियोले तयारी कक्षा शुरु गरेको छ ।

एसइई दिने तयारीमा रहेका विद्यार्थीलाई लक्षित गरी जिल्लाको शुक्लागण्डकी नगरपालिका–४ दुलेगौडास्थित शुक्लागण्डकी एफएमले तयारी कक्षा शुरु गरेको हो ।

बन्दाबन्दीका क्रममा पनि पढ्ने बानीलाई प्रोत्साहन गर्ने उद्देश्यले बुधबारदेखि रेडियोबाट एसइई तयारी कक्षा शुरु गरिएको शुक्लागण्डकी एफएमका स्टेशन म्यानेजर राजन उपाध्यायले जानकारी दिए ।

जिल्लाका शहरी भेगमा इन्टरनेटको सहज पहुँच पुगेकाले अनलाइन प्रविधिबाट तयारी कक्षा शुरु गरिए पनि ग्रामीण भेगमा इन्टरनेटको पहुँच नभएकाले रेडियोबाट तयारी कक्षा शुरु गरिएको उपाध्यायले बताए ।  “ग्रामीण भेगमा एफएम रेडियोको महत्व उत्तिकै छ, रेडियोबाट पनि तयारी कक्षा प्रभावकारी हुने अपेक्षा गरेका छौँ”, उपाध्यायले भने ।

उनका अनुसार विद्यालय बन्द भएपछि अनलाइन शिक्षणलाई मात्रै प्राथमिकता दिइए पनि गाउँ शहर जताततै सबैको पहुँचमा रेडियो रहेकाले तयारी कक्षाले एसइई दिने विद्यार्थीलाई सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

रेडियोबाट हाल पाँच वटा विषयको कक्षा सञ्चालन गरिएको छ । दिउँसो १ देखि २ बजेसम्म नेपाली र अङ्ग्रेजी, साँझ ४ देखि ५ बजेसम्म विज्ञान र साँझ ७ः३५ देखि ८ बजेसम्म सामाजिक अध्ययनको पढाइ सञ्चालन गरिएको छ ।

विज्ञान विषयमा खैरेनी माध्यमिक विद्यालयका केशवराज घिमिरे र दीपक भण्डारी, नेपाली विषयमा पञ्चमुनीदेव माध्यमिक विद्यालयका एकनारायण भण्डारी, अङ्ग्रेजी विषयमा पञ्चमुनीदेव माध्यमिक विद्यालयका शान्तकुमार श्रेष्ठ र सामाजिक अध्ययन विषयमा ज्ञान बगैँचा बोर्डिङ स्कूलका विनोद पौडेलले कक्षा लिएका छन् ।

रेडियोबाट सञ्चालन गरिएको तयारी कक्षाले घरमा रहेका विद्यार्थीलाई अध्ययन गर्ने बानीमा थप प्रोत्साहन हुने खैरेनी माध्यमिक विद्यालयका प्रधानाध्यापकसमेत रहेका विज्ञान शिक्षक केशवराज घिमिरेले बताए ।

बन्दाबन्दी जारी रहेसम्म रेडियोबाट तयारी कक्षा सञ्चालन गरिने स्टेशन म्यानेजर उपाध्यायले जानकारी दिए ।

रेडियोबाट सञ्चालन गरिएको तयारी कक्षा एफएमको फेसबुक पेजबाट पनि लाइभ गर्ने गरिएको छ । विसं २०७३ असोज १५ गतेदेखि प्रसारणमा आएको ५०० वाट क्षमताको रेडियोको पहुँच तनहुँसँगै स्याङ्जा, कास्की, गोरखा, लमजुङ, पर्वत, पाल्पा, नवलपुर जिल्लामा रहेको छ ।

प्रकाशित मिति : १९ बैशाख २०७७, शुक्रबार  २ : १९ बजे

इजरायली आक्रमणमा सैन्य कमान्डरको हत्या भएको इरानको पुष्टि

एजेन्सी– इरानले इजरायली आक्रमणमा सैन्य कमान्डरको हत्या भएको पुष्टि गर्दै

संविधान संशोधनका लागि अशिम शाह नेतृत्वको कार्यदल, संसद्का सबै दललाई समेट्ने निर्णय

काठमाडौं- बालेन्द्र शाह नेतृत्वको संघीय सरकारले संविधान संशोधनका लागि संविधान

संविधान संशोधनको बहसपत्र तयार पार्न कार्यदल गठन गर्ने सरकारको निर्णय

काठमाडौं– सरकारले आगामी चैत १९ गते संघीय संसद्को अधिवेशन बोलाउन

सहकारी क्षेत्रको संकट समाधान गर्न ‘सुशासन मार्गचित्र’

काठमाडौं– सरकारले सहकारी क्षेत्रमा देखिएको संकट समाधान गर्न ‘सुशासन मार्गचित्र,

असिनाले एवोमा लाखौँको आलुखेती नष्ट, किसान मारमा

दोलखा– अविरल वर्षा र असिना पानीले दोलखाको वैतेश्वर गाउँपालिका-८ एवोमा