नेपालमा थप २ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ५९ पुग्यो | Khabarhub Khabarhub

नेपालमा थप २ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ५९ पुग्यो


१९ बैशाख २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालमा थप २ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण भेटिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार रुपन्देही र बाँकेका १–१ गरी २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीका अनुसार रुपेन्देहीका २५ वर्षीय युवक र बाँके नेपालगञ्जका ६० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य मन्त्रालयका सह–प्रवक्ता अधिकारीले कोरोनाको संक्रमण देखिएका दुवै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिए । उनीहरु दुवै जना स्वास्थ्यकर्मीको निगरानीमा रहेका सह–प्रवक्ता अधिकारीको भनाइ छ ।

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ५९ पुगेको छ । हालसम्म १६ जना कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्किसकेका छन् ।

प्रकाशित मिति : १९ बैशाख २०७७, शुक्रबार  २ : २१ बजे

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकको स्थगित

ललितपुर – नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको यही कात्तिक २९ गते

मकवानपुरमा पुजारीको गोली हानी हत्या, एक जना पक्राउ

बागमती – मकवानपुरको राक्सिराङ गाउँपालिका–१ कोलगैरीमा आज एक जनाको गोली

देउवा दम्पत्ति स्वदेश फिर्ता (तस्बिरहरू)

काठमाडौं – भदौ २३ र २४ गते भएको जेन जी

प्रधानमन्त्रीले भनिन्ः राज्यले भावना नबुझिदिँदा जेनजीमा बेचैनी बढ्यो

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले प्रधानमन्त्री सुशीला कार्कीले युवाको भावना

गृहमन्त्री अर्यालद्वारा उपत्यका ट्राफिक प्रहरी कार्यालयको निरीक्षण अनुगमन

काठमाडौं – गृहमन्त्री ओमप्रकाश अर्यालले आज साँझ काठमाडौँ उपत्यका ट्राफिक