केन्द्रीय सदस्यहरुको हस्ताक्षर संकलनमा राजपा « Khabarhub

केन्द्रीय सदस्यहरुको हस्ताक्षर संकलनमा राजपा


१९ बैशाख २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- संघीय समाजवादीसँग एकता गरेको राष्ट्रिय जनता पार्टी(राजपा)ले केन्द्रीय सदस्यहरुको हस्ताक्षर संकलन गरिरहेको छ ।

वैशाख १० गते मध्यरातमा समाजवादी पार्टी र राजपाबीच एकता भएर जनता समाजावादी पार्टी गठन भएको थियो ।

पार्टी एकीकरण भएको सहमतिबारे निर्वाचन आयोगलाई जानकारी गराइएको थियो ।

नयाँ पार्टी दर्ता प्रकृयालाई अघि बढाउनका लागि कागजपत्ररु आयोगमा बुझाउन आवश्यक हुन्छ ।  त्यसका लागि आ आफ्ना दलका केन्द्रिय समितिको सहमति र निर्णय लगायतका आवश्यक कुराहरुको व्यवस्थापनका लागि यतिबेला राजपा सक्रिय बनेको हो ।

राजपाका संयोजक शरदसिंह भण्डारीका अनुसार जतिसक्दो चाँडो दर्ता प्रकृयामा जानका लागि केन्द्रीय सदस्यहरुको हस्ताक्षर संकलन भइरहेको हो ।

पार्टी एकताका लागि भएको सैद्धान्तिक सहमतिलाई केन्द्रीय सदस्यहरुलाई जानकारी गराइसकेको उनले बताए ।

संयोजक भण्डारीका अनुसार अध्यक्ष मण्डलले राजपा र समाजवादीबीच एकता गर्ने सैद्धान्तिक सहमतिलाई अनुमोदन गरेको छ ।
‘वैशाख १६ गते अध्यक्षमण्डलको बैठकले पार्टी एकताको सहमतिलाई अनुमोदन गरेको छ अब बाँकी रहेका काममा हामी केन्द्रित भएका हौं,’s उनले भने ।

प्रकाशित मिति : १९ बैशाख २०७७, शुक्रबार  २ : ३२ बजे

मोबाइलमै भएको डिजिटल राहदानी र भिसा मान्य हुने

काठमाडौं– अध्यागमन विभागले मोबाइल एपमा उपलब्ध डिजिटल राहदानी र भिसा

चिलिमे र माथिल्लो त्रिशूली-१ को सुरूङभित्र एकै दिन ९ शव भेटिए

रसुवा– रसुवाको चिलिमे जलविद्युत् केन्द्रको सुरुङमा खोजीका क्रममा विद्युत् गृह

भारतबाट थप १६० ग्यास बुलेट ल्याइँदै : डेराका विद्यार्थी, सुत्केरी र गर्भवतीलाई पहिलो प्राथमिकता

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले १६० वटा अतिरिक्त ग्यास

कांग्रेस महाधिवेशनमा करिब सात हजार प्रतिनिधि सहभागी हुने

काठमाडौं– नेपाली कांग्रेसले १५औँ महाधिवेशनमा सात हजार हाराहारीमा महाधिवेशन प्रतिनिधि

यी हुन् मन्त्रिपरिषद् बैठकका मुख्य छ निर्णय

काठमाडौं– सरकारले सरकारी निर्णय प्रक्रिया सरलीकरण तथा डिजिटल बनाउने सम्बन्धी