दाङका युवाद्वारा स्थानीयस्तरमै स्यानिटाइजर उत्पादन | Khabarhub Khabarhub

दाङका युवाद्वारा स्थानीयस्तरमै स्यानिटाइजर उत्पादन


१९ बैशाख २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमही– बजारमा अभाव भएका समयमा दाङका युवाले स्यानिटाइजर उत्पादन शुरु गरेका छन् । तुलसीपुरका विभिन्न सामाजिक संस्थामा संलग्न युवाले स्यानिटाइजर उत्पादन थालेका हुन् ।

कोभिड–१९ को संक्रमणबाट बच्न साबुनपानीले हात धुने र स्यानिटाइजरको प्रयोग गर्नेको संख्या बढेपछि बजारमा स्यानिटाइजर अभाव भएको छ । तुलसीपुर उद्योग वाणिज्य संघको आयोजना तथा युएसएआइडीको आर्थिक सहयोगमा तालीम लिएपछि जेसिज, रोट्याक्ट, निजी अस्पताल र महिला उद्यमीले संयुक्तरुपमा स्यानिटाइजर उत्पादन आरम्भ गरेको व्यवसायी विनिल केसीले जानकारी दिए ।

यस क्षेत्रका ५० स्वयंसेवीलाई तालीम दिइएको र उनीहरुले पहिलो पटक एक हजार २५० लिटर स्यानिटाइजर उत्पादन गर्ने उनले बताए ।

विश्व स्वास्थ्य संगठनको मापदण्डानुसार उत्पादित स्यानिटाइजर स्थानीय सरकारको समन्वयमा तुलसीपुर उपमहानगरपालिकाका १९ वटा वडाका स्वास्थ्य संस्थालाई पहिलो चरणमा निःशुल्क वितरण गरिने उद्योग वाणिज्य संघका अध्यक्ष विरु रावतले जानकारी दिए ।

प्रकाशित मिति : १९ बैशाख २०७७, शुक्रबार  ३ : ३१ बजे

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकको स्थगित

ललितपुर – नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको यही कात्तिक २९ गते

मकवानपुरमा पुजारीको गोली हानी हत्या, एक जना पक्राउ

बागमती – मकवानपुरको राक्सिराङ गाउँपालिका–१ कोलगैरीमा आज एक जनाको गोली

देउवा दम्पत्ति स्वदेश फिर्ता (तस्बिरहरू)

काठमाडौं – भदौ २३ र २४ गते भएको जेन जी

प्रधानमन्त्रीले भनिन्ः राज्यले भावना नबुझिदिँदा जेनजीमा बेचैनी बढ्यो

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले प्रधानमन्त्री सुशीला कार्कीले युवाको भावना

गृहमन्त्री अर्यालद्वारा उपत्यका ट्राफिक प्रहरी कार्यालयको निरीक्षण अनुगमन

काठमाडौं – गृहमन्त्री ओमप्रकाश अर्यालले आज साँझ काठमाडौँ उपत्यका ट्राफिक