लगातारको वर्षाका कारण किसानहरु दिक्क | Khabarhub Khabarhub

लगातारको वर्षाका कारण किसानहरु दिक्क


१९ बैशाख २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महोत्तरी– वैशाख दोस्रो साताको प्रारम्भसँगै दिनदिनैजसो पानी परेपछि महोत्तरीका किसान खेतीपातीको काम गर्न नपाएर हैरान छन् ।

नयाँ वर्ष लागेयता पहिलोपटक वैशाख ८ गते असिनापानी परेर दिनहुँजसो पानी परिरहेपछि खेतीपातीको काम गर्न नपाएर किसानको छटपटी बढेको हो । पछिल्ला करिब दुई साताबीच (वैशाख–८ गतेदेखि हालसम्म) महोत्तरीका धेरैजसो भेगमा तीन पटक त असिनापानी परिसकेको छ ।

शुक्रबार बिहान परेको पानीले त तरकारी बाली रहेका खेतबारी र नयाँ खेती लगाउनु पर्ने जग्गा हिलाम्य भएर खनजोत गर्न नपाइएको किसानको चिन्ता छ । यसबीचमै दुई/तीन पटक आएको हुरीबतासले आँप र लिचीका फल बग्रेल्ती झारेपछि मन अड्याउने ठाउँ नै नपाएको सोझा किसान बताउँछन् ।

‘खेतबारी हिलो भएर खनजोत गर्न पाइएको छैन, तरकारी बारीमा बढेको झार गोडमेल गर्न पाइएन,’ भङ्गाहा नगरपालिका–४ का किसान चन्देश्वर राय दनुवारले लामो सास फेर्दै भने, ‘घरमा भएको अन्नपात लकडाउनमा खाएर सकिँदै छ, नयाँ बाली लगाउन मौसमले साथ दिएन, अब के गरी जहान पाल्नेहोला ?’

वैशाख दोस्रो साताको प्रारम्भमै पहिलो पटक पानी पर्दा बन्जड (रुखो) खेतबारी खनजोत गर्न सहज भएको भनेर खुशी भएका किसान पानी परिरहेर काम गर्न नपाएपछि दिक्क बनेका हुन् ।

‘लगातारको पानीले मकै रोप्न पनि दिएन, धान, कोदोको बीउ राख्न पनि पाइएको छैन,’ बर्दिवास नगरपालिका–७ प्रेमनगरका किसान रामप्रित महतोले भने, ‘कोरोनासँगै प्रकृति पनि हाम्रो खेदो खन्न लागेजस्तो छ ।’ हिले धानको बीउ राख्न पानी पर्याप्त नभएको र धुले राख्न खेतबारी गिलो भएको हुँदा नपाइएको किसानको चिन्ता छ ।

पछिल्लो करिब दुई साताबीच दुई/तीन पटक हुरीबतास आएर फलफूल झारेको, वैशाखी तरकारी बालीका बेला (लहरा) चुँडाएको र लगातारको वर्षाले नयाँ बाली लगाउन खेतबारी खनजोत गर्न नपाएपछि कामकाज नभएको जस्तै बनिएको किसान बताउँछन् । लगातारको वर्षाले गर्मी भने बढ्न दिएको छैन ।

यता मर्मतसम्भारको कामले गति नलिँदा जिल्लाका मुख्य सडक नै हिलाम्य भएका छन् । सामान्य वर्षाले नै जलेश्वर–बर्दिवास, भिठ्ठामोर–जलेश्वर–जनकपुर र जलेश्वर–सम्सी सडकमा सवारी आवागमन रोकिने गरेको छ । ढल निकासको प्रबन्ध नहुँदा ग्रामीण सडक हिँड्नै नहुने गरी भताभुङ्ग बनेको देखिन्छ ।

प्रकाशित मिति : १९ बैशाख २०७७, शुक्रबार  ५ : १८ बजे

जसपा नेपालको कार्यकारिणी समिति बैठक : नेताहरूले रिपोर्टिङ गर्दै, मुख्य तीन एजेन्डामा छलफल

काठमाडौं- जनता समाजवादी पार्टी नेपालको केन्द्रीय कार्यकारिणी समिति बैठक आइतबार

काठमाडौं उपत्यकालाई ढाक्यो तुँवालोले (तस्बिरहरू)

काठमाडौं– काठमाडौं उपत्यकामा दिउँसोको समयमा घाम लागे पनि वायु प्रदूषणको

सहकारीको डेढ अर्ब हिनामिना- पक्राउ परे जिसस म्याग्दीका संयोजक थापा

म्याग्दी- एउटा सहकारीबाट डेढ अर्ब रुपैयाँभन्दा धेरै हिनामिन भएकव प्रकरणमा

राष्ट्रियसभा बैठक: दुई किशोरी मृत भेटिएको घटनाको अनुसन्धान गर्न माग

काठमाडौं– राष्ट्रियसभा सदस्यहरूले आजको बैठकमा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका

भूमिसम्बन्धी समस्या समाधान हुने गरी आयोगलाई अधिकार दिएका छौँ : मन्त्री अधिकारी

काठमाडौं– भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले भूमिसम्बन्धी