क्वारेन्टाइनमा बसेका युवाले श्रीमतीको सल घाँटीमा बेरेर ज्यान लिए « Khabarhub

क्वारेन्टाइनमा बसेका युवाले श्रीमतीको सल घाँटीमा बेरेर ज्यान लिए


१९ बैशाख २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

उदयपुर- उदयपुर जिल्लाको रौतामाई गाउँपालिका–१ मुर्कुचीस्थित जनता क्याम्सको क्वारेन्टाइनमा राखिएको एक युवकले गए राति श्रीमतीको सलले घाँटीमा बेरेर आत्महत्या गरेका छन् ।

आत्महत्या गर्नेमा सोही गाउँपालिका–७ गुराँसेका १९ वर्षीय सुमन विक रहेको रौतामाई गाउँपालिकाका अध्यक्ष गजेन्द्रकुमार खड्काले जानकारी दिए ।

केही दिनअघि श्रीमतीसँगै काठमाडौँबाट घर आउने क्रममा विकलाई जनता क्याम्स मुर्कुचीको क्वारेन्टाइनमा राखिएको रौतामाई गाउँपालिकाले जनाएको छ । श्रीमतीको सल निकालेर भित्ताको रडमा बाँधी घाँटीमा बेरिएर विकले आत्महत्या गरेको खुल्नमा आएको अध्यक्ष खड्काले बताए ।

उनका अनुसार, अहिले जनता क्याम्सको क्वारेन्टाइनमा विकको सर्जिमिन मुचुल्का गर्ने काम शुरु भएको छ । विक र उनकी श्रीमती काठमाडौँ चाबहिलमा बस्दै आएको र पोखरा–काठमाडौँ ट्राभल एजेन्सीमा काम गर्ने गरेका थिए ।

उनी वैशाख ११ गतेदेखि रौता जनता क्याम्पसको क्वारेन्टाइनमा राखिएको थियो । प्रहरी चौकी मुर्कुचीका प्रहरी टोलीले सर्जिमिन मुचुल्का गर्ने काम भइरहेको र विकका आफन्तलाई पनि घरबाट झिकाउने काम भएको अध्यक्ष खड्काले बताए । विकले आत्महत्या किन गरे भन्नेबारे केही खुल्न नसकेको उनले बताए ।

प्रकाशित मिति : १९ बैशाख २०७७, शुक्रबार  ५ : २६ बजे

सरकारले विरोधीको आवाज थुन्न प्रतिशोध साँध्यो : किशोर श्रेष्ठ

काठमाडौं । पत्रकार किशोर श्रेष्ठले सरकारले विरोधीको आवाज थुन्ने नियतले

रिहा भए पत्रकार किशोर श्रेष्ठ (तस्बिरहरू)

काठमाडौं – सर्वोच्च अदालतको परमादेशपछि वरिष्ठ पत्रकार किशोर श्रेष्ठ सोमबार

दुर्गा प्रसाईंसँग वार्ता गर्न सरकारले बनायो चार सदस्यीय टोली

काठमाडौं – राजावादी अभियन्ता दुर्गा प्रसाईंसँग वार्ता गर्न सरकारले चार

हिरासतबाट छुटेपछि श्रेष्ठले भने : नमरेसम्म देखेको कुरा लेख्न छोड्दिनँ

काठमाडौं – अदालतको आदेशपछि पत्रकार किशोर श्रेष्ठ रिहा भएका छन्।

हिरासतबाट छुटे किशोर श्रेष्ठ, फेरि धरपकडको सम्भावना कायमै

काठमाडौं – पत्रकार किशोर श्रेष्ठ जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतबाट