अमेरिका एक शवगृहको बाहिर ट्रकमै भेटिए दर्जनौ शव | Khabarhub Khabarhub

अमेरिका एक शवगृहको बाहिर ट्रकमै भेटिए दर्जनौ शव


१९ बैशाख २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अमेरिका– अमेरिकाको एक शव दाहगृह नजिक दर्जनौ शव फेला परेको छ ।

न्युयोर्क प्रहरीले ब्रुकलिनमा दर्जनौ शव फेला पारेको हो । ब्रुकलिनको एक फ्युनरल होम बाहिर यु हल ट्रकमा स्टोर गरि राखिएको अवस्थामा ती शवहरु फेला पारेको हो । ती शवहरु ट्रकमा स्टोर गरि राखिएको भएपनि कतिपय रेफ्रिजेरेटरमा समेत थिएनन ।

शव झण्डै ६० को संख्यामा हुन सक्ने अनुमान गरिएको छ । न्युयोर्क प्रहरीले ती शवहरुको बारेमा अनुसन्धान भइरहेको बताएको छ । फ्युनरल होमबाहिर ट्रकभित्र शवहरुलाई अलपत्र अवस्थामा राखिएको बारे स्थानीयबासीले प्रहरीलाई खवर गरेका थिए ।

ती शवहरु कोरोना भाइरसका कारण मृत्यु भएकाहरुको भएको अनुमान लगाइएको बीबीसीले उल्लेख गरेको छ । ब्रुकलिन बोरोका अध्यक्ष इरिक आदमले शवहरुलाई यसरी अलपत्र अवस्थामा राखिएकोमा आपत्ती जनाउँदै सीटीले तत्कालै व्यवस्थापन गर्नुपर्ने माग गरेका छन ।

यु हल ट्रकमापनि शवहरुलाई यसरी अलपत्र अवस्थामा राखिएकोमा विरोध हुंदै आएको छ । न्युयोर्कमा कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या अत्यधिक बढेपछि शव व्यवस्थापन प्रमुख चुनौतीका रुपमा रहंदै आएको छ ।

सिमित संख्यामा भएका अन्त्यष्टि घर अर्थात फ्युनरल होमले मृतकको चाप थेग्न नसकेका कारण शवहरु कैयन दिनसम्म अलपत्र पर्ने गरेको छ । यसले संक्रमण झन फैलिन सक्ने भन्दै स्थानीयवासीले विरोध गर्दै आएका छन ।

कोरोनाका कारण अमेरिकामा १० लाख ९७ हजार भन्दा धेरै संक्रमित भएका छन् भने ६३ हजार ९ सय १३ जनाले ज्यान गुमाएका छन् ।

प्रकाशित मिति : १९ बैशाख २०७७, शुक्रबार  ७ : ४० बजे

नेपालबाट बैंकक लान तयार पारिएको चरेशसहित कारोबारी पक्राउ

काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तीन केजी ७० ग्राम चरेशसहित

अन्यायविरुद्ध विनुको आवाज : इजलासमै विषपानदेखि सेतो वस्त्रमा अनसनसम्म

काठमाडौँ – कहिले सर्वोच्च अदालतको गेटमा कालो त कहिले रातो

संघीय लोकतान्त्रिक मोर्चाका लागि उपनिर्वाचन परीक्षा हो : रेशम चौधरी  

कैलाली– नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशमलाल चौधरीले रूपन्देही–३

एफबीआई निर्देशकको बयानपछि चीन क्रुद्ध, न्यूजिल्याण्ड रुष्ट

काठमाडौं– अमेरिकको संघीय जाँचबुझ ब्यूरो एफबीआईका निर्देशक काश पटेलले न्यूजिल्याण्डमा

सम्पर्कविहीन तीर्थयात्री भेडीगोठमा भेटिए

बाजुरा– बूढीनन्दाको दर्शन गरेर घर फर्किने क्रममा सम्पर्कविहीन भएका दर्शनार्थी