ताप्लेजुङ सदरमुकाम फुङलिङमा आगलागी, ७ घर जले « Khabarhub

ताप्लेजुङ सदरमुकाम फुङलिङमा आगलागी, ७ घर जले


२० बैशाख २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ताप्लेजुङ सदरमुकाम फुङलिङ बजारमा गएराति लागेको आगो साढे ७ घण्टामा नियन्त्रणमा आएको छ ।

गएराति १० बजेदेखि फुङलिङ बजारको एक होटलबाट लागेको आगो शनिबार बिहान साढे ५ बजेतिर नियन्त्रणमा आउँदासम्म ७ घर जलेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार सात वटा घर र पाँच वटा घुम्ती पसल जलेर नष्ट भएका छन् । गएराति भट्टराई होटल एण्ड लजबाट आगलागी सुरु भएको थियो ।

आगो दमकल, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा साढे ७ घण्टामा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

एक घरबाट अर्को घरमा फैलन नदिने गरी २ घण्टाजतिमा आगो नियन्त्रणमा लिइए पनि पूर्णरुपमा निभाउन भने विहान साढे ५ बजेसम्म लागेको प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले जानकारी दिए ।

आगलागीको कारण भने खुलेको छैन । आगलागीबाट भएको क्षतिको पूर्ण विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ ।

हरेक वर्षजस्तो आगलागी हुँदै आएको ताप्लेजङमा यसअघि २०७१ सालको आगलागीमा ९० परिवार विस्थापित भएका थिए ।

प्रकाशित मिति : २० बैशाख २०७७, शनिबार  ७ : १६ बजे

मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी

मुस्ताङ– कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट ११ अर्ब एक करोड

बंगलादेश प्रिमियर लिग : सन्दीपको टिमले आज पहिलो खेल खेल्दै

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल)मा आबद्ध भएका नेपाली लेग

ज्येष्ठ नागरिक दिवस : विभिन्न कार्यक्रमका साथ मनाइँदै

काठमाडौं–  ‘हाम्रो साझा अभियानः ज्येष्ठ नागरिकप्रति श्रद्धा र सम्मान’ भन्ने

महाधिवेशन विवाद : कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

ललितपुर – महाधिवेशनको विवाद फेरि चर्किदै गएको नेपाली कांग्रेसको केन्द्रीय

मुग्लिनमा आजदेखि सुन्तला महोत्सव तथा फुड फेस्टिबल

मुग्लिन– आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु