न्यूयोर्क सिटीको ट्रेन ४ घण्टाको दरले बन्द हुने « Khabarhub

न्यूयोर्क सिटीको ट्रेन ४ घण्टाको दरले बन्द हुने


२० बैशाख २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- न्यूयोर्क सिटीको ट्रेन दैनिक ४ घण्टाका दरले बन्द हुने भएको छ । आगामी मे ६ बाट ट्रेन बन्द गर्न लागिएको गभर्नर एन्ड्रयु कुमोले घोषणा गरेका छन् ।

कोरोना भाइरससँग सम्बन्धित सरसफाई गर्न र ट्रेनमा रहेका होमलेसलाई हटाउन ट्रेन बन्द गर्न लागिएको गभर्नर कुमोले बताए ।

न्यूयोर्क सिटी ट्रेनको ११६ बर्षको इतिहासमा एकैपटक ट्रेनको सम्पूर्ण सेवा शटडाउन गर्न लागिएको यो पहिलो पटक हो । यसअगाडि प्राकृतिक विपत्ति वा अन्य कारणले कुनै कुनै ट्रेन वा रुटहरुमात्र बन्द गरिएपनि सम्पूर्ण सेवा भने बन्द गरिएको थिएन । पहिलोपटक न्यूयोर्क ट्रेनको सेवा अब चौबीसै घण्टाबाट दैनिक २१ घण्टामा झर्ने भएको छ ।

ट्रेन बन्द गरिएको अवधिमा किटाणुनाषक औषधीले ट्रेनलाई सफा गरेर भाइरसमुक्त बनाउने प्रयास गरिनेछ । राति १ बजेदेखि ५ बजेसम्म ट्रेन बन्द गरिने र उक्त अवधिमा सबै यात्रुलाई ट्रेन छाड्नुपर्ने जनाइएको छ ।

यो अवधिमा पुलिस र होमलेस आउटरिच कामदारहरुले ट्रेनमा सुत्ने हजारौंलाई ट्रेनबाहिर निकाल्नेछन् र आवश्यक परेमा होमलेस सेल्टरमा लैजानेछन् । ट्रेन बन्द कहिलेसम्म हुने भन्नेबारे केही बताइएको छैन ।

न्यूयोर्कमा एमटीएले मार्चको सुरुवातदेखि नै हरेक ७२ घण्टामा ट्रेन र बसहरु किटाणुनाषकले सफा गर्न सुरु गरेको थियो । तर गभर्नरले यो प्रयाप्त नभएको भन्दै ट्रेन सेवा नै अबरुद्ध गरेर सरसफाइको घोषणा गरेका हुन् । बसहरु पनि अब हरेक २४ घण्टामा सफा गरिने भएको छ ।

यो समयमा अत्यावश्यक कामदारलाईमात्र यात्रा गर्न सुझाव दिइएको छ । अत्यावश्यक कामदार पुष्टी गर्नेहरुले भाडाका गाडीहरुमार्फत निशुल्क कनेक्सनको सुविधा पाउनेछन् । अत्यावश्यकबाहेक अन्यले भने यो सुविधा पाउनेछैनन् ।

यो समयमा अरु बेला झण्डै १० हजार यात्रुहरुले ट्रेन प्रयोग गर्दै आएको र २ हजार होमलेसहरुले ट्रेनलाई सुत्न प्रयोग गर्दै आएको जनाइएको छ । अब यो समयमा ती होमलेसहरुलाई अस्पताल, सेल्टर वा सडकमा पठाइने भएको छ ।

प्रकाशित मिति : २० बैशाख २०७७, शनिबार  ७ : २७ बजे

एसियन हाइवे : आठ किलोमिटर कालोपत्र पूरा

झापा– निर्माणाधीन ‘एसियन हाइवे’को काँकडभिट्टा–लौकही सडकखण्ड अन्तर्गत विभिन्न स्थानमा आठ

युवा पुस्ताको सक्रियता कांग्रेसका लागि महत्वपूर्ण अवसर

महेन्द्रनगर– नेपाली कांग्रेसका नेता तथा धनुषा निर्वाचन क्षेत्र नं–३ का

‘आबाट आमा’को व्यापारले पलको रिभाइभ

काठमाडौं – सामाजिक सञ्जालमा फिल्म बहिस्कारको ट्रेन्ड चलेपछि संकटमा परेका

विमानस्थलबाट विदेशी मुद्रासहित स्वीडिस नागरिक पक्राउ

काठमाडौं– प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेशी मुद्रासहित एक जना स्वीडिस