भारतमा एकैदिन दुई हजार बढी संक्रमित थपिए, १ हजार २ बढीको मृत्यु « Khabarhub

भारतमा एकैदिन दुई हजार बढी संक्रमित थपिए, १ हजार २ बढीको मृत्यु


२० बैशाख २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भारत- भारतमा ‘कोभिड–१९’ संक्रमितको संख्या ३७ हजार ३३६ पुगेको छ ।

कोरोना भाइरस संक्रमणले भारतमा पछिल्लो २४ घन्टामा ७१ जनाको मृत्यु भएको छ ।

भारतमा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या १ हजार २१८ पुगेको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । 

पछिल्लो २४ घण्टामा भारतमा २ हजार २९३ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन ।

२४ घण्टाभित्र थपिएका नयाँ संक्रमितको संख्या एकैदिन थपिएकामध्ये सबैभन्दा बढी हो । 

यी संंक्रमितहरूमध्ये ९ हजार ९५१ जना भने उपचारपछि निको भएर फर्किएका छन् ।

मन्त्रालयका अनुसार २७ हजार ३८५ कोरोनाका संक्रमित विरामी अस्पतालमा उपचाररत छन् । 

भारतको महाराष्ट्र कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित राज्यको रूपमा रहेको छ ।

महाराष्ट्रमा संक्रमितहरूको संख्या ११ हजार ५०६ छन् । ४८५ जनाले ज्यान गुमाएका छन् ।

एक हजार ८७९ उपचारपछि फर्किएका स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । 

महाराष्ट्रपछि गुजरातमा भाइरसको संक्रमण दोस्रो सबैभन्दा बढी भएको राज्य हो ।

गुजरातमा चार हजार ७२१ संक्रमित रहेका छन् । ७३५ जना उपचारपछि घर फर्किएका छन् ।

गुजरातमा यस भाइरसको सक्रमणको कारण २३६ जनाको ज्यान गएको छ । 

महाराष्ट्र र गुजरातपछि भाइरसको संक्रमण स्नयाँ दिल्लीमा सबैभन्दा बढी छन् ।

भारतको अन्य कैयौ राज्यमा कोरोना भाइरसको संक्रमण रहेको छ । 

कोराना भाइरसको ९कोभिड–१९ ० को संक्रमण फैलिने क्रम नरोकिएपछ भारत सरकारले देशव्यापी लकडाउनलाई थप दुइ साताको लागि लम्बाएको छ ।

भारतले शुक्रबार मे ४ देखि लागू हुने गरी थप दुइ साताको लागि तेस्रो चरणको लकडाउन गर्ने निर्णय गरेको छ । भारतमा पहिलो चरणको लकडाउन २४ मार्चमा लगाइएको थियो । 

दोस्रो लकडाउन १५ अप्रिलमा शुरु भएको थियो । दोस्रो लकडाउन मे ३ मा सकिदै थियो ।

कोरोना भाइरसको संक्रमण देशभरी बढ्दै गएपछि दोस्रो लकडाउन नसकिदै तेस्रो लकडाउनको घोषणा गरिएको छ ।

प्रकाशित मिति : २० बैशाख २०७७, शनिबार  २ : २० बजे

सरकारी संवाद समितिको टोली दलहरूको कार्यालयमा

काठमाडौं– नेपाल सरकारको उच्चस्तरीय संवाद समितिको टोलीले निर्वाचनको वातावरण बनाउन

चीनमा एसयूभी कार दुर्घटना, आठ जनाको मृत्यु

एजेन्सी – दक्षिणपूर्वी चीनमा एउटा एसयूभी कारको चालकले नियन्त्रण गुमाएर

केन्द्रीय कारागारबाट भागेका दुई कैदी पर्साबाट पक्राउ

वीरगञ्ज– पर्सा प्रहरीले जेन-जी आन्दोलनको क्रममा केन्द्रीय कारागारबाट फरार भएका

पूर्वराष्ट्रपति भण्डारीले भेटिन् झलनाथ खनालकी पत्नी चित्रकारलाई

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वप्रधानमन्त्री झलनाथ खनालकी श्रीमती प्राध्यापक रवि

‘अवतार ३’ मा गोविन्दाको हलिउड डेब्यु वास्तविकता के ?

काठमाडौं– हलिउड साइन्स फिक्सन फिल्म ‘अवतार: फायर एन्ड एस’ सँग