नेकपा बैठक : छुट्टिएका ओली र प्रचण्ड एकै ठाउँ ! | Khabarhub Khabarhub

नेकपा बैठक : छुट्टिएका ओली र प्रचण्ड एकै ठाउँ !


२० बैशाख २०७७, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी(नेकपा) को सचिवालय बैठक शुरु भएको छ । बैठकमा नेताहरुको बसाइँको व्यवस्थापन फरक बनाइएको छ ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार बसाइको व्यवस्थापनका साथ सचिवालय बैठक शुरु भएको हो ।

कोरोना भाइरस संक्रमणको जोखिमका कारण सामाजिक दूरी कायम गर्दै बैठक यसअघि पनि हुँदै आएका थिए ।

बालुवाटारमा हुने गरेका नेकपाको सचिवालय बैठकमा अघिल्लो लाइनमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी ओलीको लागि बस्ने व्यवस्थापन गरिएको हुन्थ्यो ।

यस अघिका बैठकमा ओलीका लागि छुट्टै व्यवस्थापन भएपनि प्रचण्ड अरु सचिवालय सदस्यसँग बस्थे ।

रातो कपडाले ढाकिएको विशेष खालको आशन अध्यक्षलाई राखिने गरिएको थियो भने अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र अन्य बाँकी सचिवालय सदस्यलाई समान खालको बस्ने स्थानको व्यवस्थापन गरिएको पाइन्थ्यो ।

कार्यकारी अध्यक्ष भएपनि प्रचण्ड बसाइँको हिसाबमा सह अध्यक्ष जस्तो भूमिकामा रहने गरेका थिए ।

तर शनिवार(आज) को बैठकमा भने दुबै अध्यक्ष(ओली र प्रचण्ड) का लागि समान खालको बासाइँको व्यवस्थापन गरिएको छ ।

दुबै अध्यक्षका लागि समान लाइनमा रातो कपडाले छोपिएको टेबल राखिएको छ । उनीहरुको सामुन्नेमा महासचिव विष्णु पौडेल रहेका छन् । त्यस्तै दूई लाइनमा तीन तीन जना सचिवालय सदस्यहरु रहेका छन् ।

पार्टी एकतापछि दुई अध्यक्ष रहेको नेकपामा लामो समयपछि प्रचण्डले कार्यकारी अध्यक्षको जिम्मेवारी पाएका थिए । त्यसपछि वैठकहरुमा दुई अध्यक्षका कुर्सीसँगै राखिने गरिएको थियो । तर कोरोनाको त्रास पछि भने हटाइएको थियो ।

पार्टी भित्र पछिल्लो समय विवाद चर्किदै जाँदा दुई अध्यक्षको कुर्सी समान हैसियतमा राखिएको छ, टाँढिएका दुई अध्यक्षका कुर्सी एकै ठाउँ र समान हैसियतमा आएका छन् । के टाँढिएका दुई अध्यक्ष एकै स्थान आइपुग्लान् ? उत्तरका लागि बैठकको निर्णय कुर्नुको विकल्प छैन ।

प्रकाशित मिति : २० बैशाख २०७७, शनिबार  ६ : ५९ बजे

प्रख्यात धार्मिकस्थल सिन्धुलीको कमलामाई मन्दिर (तस्बिरहरू)

सिन्धुली– सिन्धुली जिल्लाको प्रख्यात धार्मिक तथा पर्यटकीय स्थलहरू मध्ये एक

अध्यक्ष लिङ्देन नेतृत्वको प्रतिनिधिमण्डल बेलायत प्रस्थान

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन नेतृत्वको प्रतिनिधिमण्डल

महिलालाई नेतृत्वमा पुग्न धेरै चुनौती छन् : परराष्ट्रमन्त्री राणा

काठमाडौं– परराष्ट्रमन्त्री डा. आरजु राणाले महिलाहरुलाई राजनीतिक होस् या कुनै

श्रीलङ्कामा आज राष्ट्रपति निर्वाचन

काठमाडौं– श्रीलङ्कामा आज राष्ट्रपतीय निर्वाचनका लागि मतदान भइरहेको छ ।

बेलैमा सचेत बनौं, प्रतिरक्षात्मक उपायहरु अपनाऔं

काठमाडौँ – आज विश्व अल्जाइमर्स चेतना दिवस। ‘अबको आवश्यकताः अल्जाइमर्स