लकडाउनका कारण तैमुरको कपाल काटिदिँदै सैफ « Khabarhub

लकडाउनका कारण तैमुरको कपाल काटिदिँदै सैफ


२१ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – लकडाउनका कारण बलिउड सेलिब्रेटीले घरमा समय बिताइरहेका छन् । प्राय: सधैं व्यस्त रहने कलाकार पनि यतिबेला फुर्सदमा बसिरहेका छन् ।

व्यस्त कलाकारलाई यो लकडाउन घरमा बस्ने अवसर पनि बनेको छ । बलिउड अभिनेता सैफ अली खान पनि परिवारका साथ रमाइरहेका छन् ।

सैफ र करीना कपूर घरमा रमाइलो गरी बिताइरहेका छन् । यतिबेला भने सैफ र करीनाको छोरा तैमुरको एक तस्वीर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । उक्त तस्वीर करीनाले सामाजिक सञ्जालमा अपलोड गरेकी हुन् ।

घरमा सैफले छोरा तैमुरको कपाल मिलाइदिएको उक्त तस्वीरमा फ्यानले प्रतिक्रिया जनाएका छन् । तस्वीरमा सैफ हातमा कैंची लिएको देख्न सकिन्छ ।

सामाजिक सञ्जालमा यो तस्वीरलाई लिएर बाबुछोराको प्रेमको समेत चर्चा गरिएको छ । त्यसो त तैमुरको सामाजिक सञ्जालमा अक्सर चर्चा हुने गर्छ ।

लकडाउनका बेला करीनाले घरमा आफ्नो परिवारलाई समय दिन पाएकी छिन् । उनले सामाजिक सञ्जालमा पारिवारिक तस्वीर अपलोड गरिरहेकी हुन्छिन् ।

प्रकाशित मिति : २१ बैशाख २०७७, आइतबार  १ : १५ बजे

क्यानाडाली वस्तुमा ट्रम्पको थप शुल्क, व्यापार विवाद चर्किँदै

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानाडासँगको व्यापार विवाद थप चर्काउँदै

रसुवा बाढीको आर्थिक प्रभाव अध्ययन गर्न उपसमिति गठन

काठमाडौं- प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिले रसुवामा आएको बाढीले अर्थतन्त्रमा पारेको प्रभाव र

प्रधानमन्त्री बालेनले तीनै सुरक्षा निकायका प्रमुखसँग छलफल गर्दै, प्रधानसेनापतिलाई भेटे 

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले देशका तीनवटै सुरक्षा निकायका प्रमुखसँग उच्चस्तरीय

झापा र कैलालीमा जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप अभियान

काठमाडौं – जापानिज इन्सेफ्लाइटिस (जेई) संक्रमणका कारण बिरामी हुने र मृत्यु हुने क्रम बढेपछि

काभ्रेका बाढीपीडितको समस्या सरकारी अल्झनमै

बनेपा– काभ्रेका बाढीपीडितको समस्या सरकारी प्रक्रियाकै अल्झनमा बेरिएपछि उनीहरु बाढीपहिरोले