संसदको बजेट अधिवेशन वैशाख २६ गते बोलाउने सरकारको निर्णय « Khabarhub

संसदको बजेट अधिवेशन वैशाख २६ गते बोलाउने सरकारको निर्णय


२१ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले संघीय संसदको बजेट अधिवेशन वैशाख २६ गते बोलाउने निर्णय गरेको छ ।

आइतबार मध्याह्न बसेको मन्त्रिपरिषद बैठकले वैशाख २६ गते दिउँसो ४ बजे बजेट अधिवेशन आह्वान गर्ने गरी राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले संघीय संसदको अधिवेशन आह्वान गर्ने संवैधानिक व्यवस्था छ ।

बजेट अधिवेशनमा सरकारले आगामी आर्थिक वर्षका लागि ल्याउने नीति तथा कार्यक्रम र बजेटमाथि छलफल हुने छ ।

संवैधानिक व्यवस्थाअनुसार आगामी जेठ १५ भित्र आगामी आर्थिक वर्ष २०७७/७८ बजेट सार्वजनिक गरिसक्नु पर्ने छ । बजेट सार्वजनिक गर्नु अगाडि सरकारले संघीय संसदमा वार्षिक नीति तथा कार्यक्रम पेश गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।

प्रकाशित मिति : २१ बैशाख २०७७, आइतबार  १२ : ५७ बजे

निर्वाचन ७३ दिन बाँकीः कस्तो छ समानुपातिक तर्फ समावेशी समूहको प्रतिशत ?

काठमाडौं – राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणाली बमोजिम हुने निर्वाचनका

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल पुस ७ गते सोमबार तदनुसार

आज २०८२ साल पुस ७ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ७ गते सोमबार तदनुसार

बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा

काठमाडौं – ट्राफिक प्रहरीले मापदण्डभन्दा बढी धुवाँ फाल्ने ४० सवारीसाधनका