राष्ट्रपति भण्डारीद्वारा संघीय संसदका दुवै सदनको अधिवेशन आह्वान « Khabarhub

राष्ट्रपति भण्डारीद्वारा संघीय संसदका दुवै सदनको अधिवेशन आह्वान


२१ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौंं– राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको बजेट अधिवेशन आह्वान गरेकी छन् ।

राष्ट्रपति भण्डारीले संघीय संसद सचिवालयका महासचिवलाई पत्र लेख्दै वैशाख २६ गते शुक्रबार दिन ४ बजे संघीय संसदका दुवै सदको अधिवेशन आह्वान गरिएको जानकारी दिएकी हुन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ९३ को उपधारा (१) बमोजिम संघीय संसदका दुवै सदन (प्रतिनिधि सभा र राष्ट्रिय सभा)को अधिवेशन आह्वान गरिएको जनाएकी हुन् ।

संविधानमा मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले संघीय संसदको अधिवेशन बोलाउने व्यवस्था छ ।

आइतबार दिउँसो बसेको मन्त्रिपरिषद बैठकले वैशाख २६ गते संसदको बजेट अधिवेशन आह्वानका लागि राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको थियो ।

प्रकाशित मिति : २१ बैशाख २०७७, आइतबार  ३ : १६ बजे

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल पुस ७ गते सोमबार तदनुसार

आज २०८२ साल पुस ७ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ७ गते सोमबार तदनुसार

बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा

काठमाडौं – ट्राफिक प्रहरीले मापदण्डभन्दा बढी धुवाँ फाल्ने ४० सवारीसाधनका

१३ क्षेत्रमा अझै पुगन कांग्रेस सदस्यता फारम

काठमाडौं- मंसिर २९ भित्रै क्रियाशील सदस्यता बाँडिसकेर पालिकामा सिफारिस गरिसक्नुपर्ने