नेचा–सल्यानवासीलाई राजधानीमा राहत बाँड्दै अध्यक्ष बास्तोला  « Khabarhub

 नेचा–सल्यानवासीलाई राजधानीमा राहत बाँड्दै अध्यक्ष बास्तोला 


२१ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सोलुखुम्बु जिल्लाको नेचा–सल्यान गाउँपालिकाका अध्यक्ष डुफकुमार बास्तोला अहिले राजधानीमा राहत बाढ्न व्यस्त बनेका छन् ।

उनले उपत्यकामा बसेर विभिन्न अस्पतालमा उपचार गराइरहेका, अतिविपन्न, असाहय, समस्यामा परेका विद्यार्थीलगायतका सोलुखुम्बुवासीका परिवारलाई राहत वितरण गर्दै आएका छन् ।

उनीसहितको टोलीले राजधानीमा बस्दै आएका नेचा–सल्यानबासी ७९ परिवारलाई राहत वितरण गरेका छन् ।

‘लकडाउनका कारण गाउँ फर्किन नसकेका र विभिन्न अस्पतालमा उपचार गराइरहेका लगायतको समस्यालाई ध्यानमा राखेर उनीहरुको डेरामै पुगेर राहत वितरण गरेका छौँ,’ अध्यक्ष बास्तोलाले भने, ‘उपत्यकाका पेप्सीकोला, जोरपाटी, खोकना, कंलकी, बसुन्धरा, कपन, भक्तपुरको च्यामासिंह, सल्लाघारी, बालकोटलगायतका क्षेत्रमा बसोवास गर्ने नेचा–सल्यानवासीलाई राहत वितरण गरेका हौँ ।’

उनले राहत स्वरुप प्रतिपरिवार एक बोरा चामल, ३ जना सम्मको परिवारलाई २ केजी र सो भन्दा माथिको संख्यामा रहेको परिवारलाई ३ केजी दाल, खाने तेल र नुन उपलब्ध गराइएको जानकारी दिए ।

उनले जिल्लामा पनि पालिकाका नौ सय परिवारलाई राहत वितरण गरेको जानकारी दिए ।

‘त्योसँगै नियमित रुपमा औषधि सेवन गरिरहेका र दीर्घ रोगीहरु करीब चार सयलाई एक महिना भन्दा बढी पुग्ने गरी काठमाडौँबाटै औषधि लगेर निशुल्क वितरण गर्ने जस्ता कार्य पनि गरिरहेका छौँ,’ उनले भने, ‘हामीले एक पालिकाबाट अर्को पालिकामा आउने–जानेहरुको स्वास्थ्य जाँच गर्ने, उनीहरुको तथ्याङ्क राख्ने लगायतका कामलाई पनि प्रभावकारी रुपमा सञ्चालन गरेका छौँ । त्यसका लागि चार ओटै नाकामा हेल्थ डेक्स सञ्चालन गरेका छौँ । पाँच ओटा वडा रहेको नेचा–सल्यान गाउँपालिकामा २७ सय ४९ घर धुरी छन् भने १५ हजार पाँच सय जनसंख्या रहेको छ । करीब चार हजार जनसंख्या विदेश र पालिका बाहिर रहेको अध्यक्ष बास्तोलाले जानकारी दिए ।

उनले पहिलो चरणमा सरकारले जारी गरेको लकडाउनको पालना गर्दै असाध्यै समस्यामा परेका र उद्धार गर्नै पर्ने पाँच सय बढी पालिकाबासीलाई उद्धार गरेको जानकारी दिए ।

‘पहिलो चरणमा असाध्यै समस्यामा परेका पालिकावासीलाई हामीले निशुल्क उद्धार गरेका थियौं । उनीहरुलाई अनिवार्य रुपमा होम क्वारेण्टायनमा बस्न आग्रह गरेका छौँ,’ उनले भने , ‘कोरोना संक्रमणको रोगथाम तथा नियन्त्रणका लागि गाउँपालिकाले गाउँ फर्केका सबै नागरिकहरुलाई अनिवार्य १४ दिन होम क्वारेन्टाइनमा बस्नुपर्ने व्यवस्था गरेको छ । यसरी उद्धार गरेर होम क्वारेण्टायनमा बस्नुभएका कसैमा पनि अहिलेसम्म समस्या देखिएको छैन । उहाँहरुको निगरानीका लागि हामीले स्वमसेवकको व्यवस्था गरेका छौँ ।’

उनले विदेशबाट आएका १९ जनाको र्‍यापिड टेस्ट गरेको र सबैको रिपोर्ट नेगेटिभ आएको पनि जानकारी दिए ।

प्रकाशित मिति : २१ बैशाख २०७७, आइतबार  ६ : ५८ बजे

प्राथमिक उपचारकर्ता उत्पादनका लागि तालिम सुरु : प्रशिक्षणमा महिलाको उत्साह 

काठमाडौं– हरेक वडामा २५ जना प्राथमिक उपचारकर्ता उत्पादन गर्ने लक्ष्यसहित

आगामी बजेटबारे मन्त्रालयसँग छलफल सुरु, योजना प्रस्ताव गर्ने समयसीमा लम्बिन सक्ने सङ्केत

काठमाडौं- नयाँ सरकार गठनसँगै आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट

‘सरकारद्वारा सार्वजनिक ऊर्जा क्षेत्रसम्बन्धी कार्ययोजना स्वागतयोग्य’

काठमाडौं– स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) नेपालले नयाँ सरकारद्वारा सार्वजनिक

सरकारलाई अदालतको आदेश : पूर्वप्रधानमन्त्री ओलीको उपचारका लागि व्यवस्था गर्नू

काठमाडौं- जिल्ला अदाल काठमाडौंले शनिबार पक्राउ गरिएका पूर्वप्रधानमन्त्री केपी शर्मा

प्रदेशसभा बैठकमा वातावरण समितिको प्रतिवेदन प्रस्तुत

विराटनगर– कोशी प्रदेशसभाको आजको बैठकमा ‘उद्योग, पर्यटन तथा वातावरण समितिको आर्थिक