सप्तरीमा ३१७ जनाको कोरोना परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ | Khabarhub Khabarhub

सप्तरीमा ३१७ जनाको कोरोना परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ


२१ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

राजबिराज– सप्तरीमा आइतबार थप ८१ जनाको ‘पिसिआर टेस्ट रिपोर्ट नेगेटिभ’ देखिएको छ । योसँगै जोखिमयुक्त ठहर गरिएको सप्तरीको तीनवटा नगरपालिकाबाट लिइएको ३१७ स्वाबको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।

स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियालाल यादवले जोखिमयुक्त ठहरिएका सप्तरीको तीन नगरपालिकाबाट सङ्कलन गरिएको ३१७ स्वाबको रिपोर्ट नेगेटिभ आएको र एउटाको रिपोर्ट आउन बाँकी रहेको जानकारी दिए ।

उदयपुरको त्रियुगा नगरपालिका–३, भुल्केबाट सङ्क्रमित पुष्टि भएका जमातीहरू सप्तरीको बोदे बर्साइन, कञ्चनरूप, सप्तकोशी नगरपालिका हुँदै भुल्के गएको यात्रा विवरणअनुसार ती क्षेत्रबाट स्वाब सङ्कलन गरिएको हो । सप्तरीको बोदे बसाईन नगरपालिकाबाट १६१, सप्तकोशी नगरपालिकाबाट ११४ र कञ्चनरूप नगरपालिकाबाट ४३ गरी ३१८ जनाको स्वाब सङ्कलन गरिएको हो ।

इस्लामी सङ्घ नेपालका सप्तरी जिल्ला अध्यक्ष कलिम खानले उदयपुरको भुल्केभन्दा अगाडि जमातीहरू बसेको मस्जिदमा एकजना पनि कोरोना सङ्क्रमित फेला नपरेकाले जमातीबाट कोरोना सरेको नभई भारतमा अध्यनरत विद्यार्थीबाट जमातीमा कोरोना सरेको बताए । राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालबाट पठाइएको ५१ मध्ये ४७ जनाको स्वाबको रिपोर्ट नेगेटिभ आएको छ ।

आज पठाइएको चारवटाको रिपोर्ट आउन बाँकी रहेको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा चुमनलाल दासले जानकारी दिए । सप्तरीबाट हालसम्म पठाइएकामध्ये तीन सय ६४ स्वाबको रिपोर्ट नेगेटिभ आएपछि सप्तरीवासीको त्रास केही कम भएको छ ।

प्रकाशित मिति : २१ बैशाख २०७७, आइतबार  ७ : ०० बजे

यौनिक तथा लैंगिक अल्पसंख्यकको गाईजात्रा (तस्बिरहरू)

काठमाडौं– यौनिक तथा लैंगिक अल्पसंख्यकहरूले पनि आइतबार गाईजात्रा मनाएका छन्

एजी एक्सप्रेसको कार्यालयमा चोरी

काठमाडौं– कार्गो ढुवानी (कुरियर) व्यवसाय सञ्चालन गर्दै आएको एजी एक्सप्रेसको

सामान्य प्रशासन मन्त्रालयले सञ्चालनमा ल्यायो ‘गुनासो व्यवस्थापन केन्द्र’

काठमाडौं– सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नागरिकको गुनासो सुन्न

विपत्तिले छेक्दै विकासको बाटो : खुम्चिँदै स्तरोन्नितको थ्रेसहोल्ड

काठमाडौँ – ‘थ्रेसहोल्ड ३२ भन्दा कम हुनुपर्ने आर्थिक तथा वातावरणीय

वसन्तपुरमा यसरी मनाइयो गाइजात्रा (तस्बिरहरू)

काठमाडौं– नेवार समुदायले देशभर गाईजात्रा पर्व मनाइरहेका छन् । भाद्र