सप्तरीमा ३१७ जनाको कोरोना परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ « Khabarhub

सप्तरीमा ३१७ जनाको कोरोना परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ


२१ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

राजबिराज– सप्तरीमा आइतबार थप ८१ जनाको ‘पिसिआर टेस्ट रिपोर्ट नेगेटिभ’ देखिएको छ । योसँगै जोखिमयुक्त ठहर गरिएको सप्तरीको तीनवटा नगरपालिकाबाट लिइएको ३१७ स्वाबको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।

स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियालाल यादवले जोखिमयुक्त ठहरिएका सप्तरीको तीन नगरपालिकाबाट सङ्कलन गरिएको ३१७ स्वाबको रिपोर्ट नेगेटिभ आएको र एउटाको रिपोर्ट आउन बाँकी रहेको जानकारी दिए ।

उदयपुरको त्रियुगा नगरपालिका–३, भुल्केबाट सङ्क्रमित पुष्टि भएका जमातीहरू सप्तरीको बोदे बर्साइन, कञ्चनरूप, सप्तकोशी नगरपालिका हुँदै भुल्के गएको यात्रा विवरणअनुसार ती क्षेत्रबाट स्वाब सङ्कलन गरिएको हो । सप्तरीको बोदे बसाईन नगरपालिकाबाट १६१, सप्तकोशी नगरपालिकाबाट ११४ र कञ्चनरूप नगरपालिकाबाट ४३ गरी ३१८ जनाको स्वाब सङ्कलन गरिएको हो ।

इस्लामी सङ्घ नेपालका सप्तरी जिल्ला अध्यक्ष कलिम खानले उदयपुरको भुल्केभन्दा अगाडि जमातीहरू बसेको मस्जिदमा एकजना पनि कोरोना सङ्क्रमित फेला नपरेकाले जमातीबाट कोरोना सरेको नभई भारतमा अध्यनरत विद्यार्थीबाट जमातीमा कोरोना सरेको बताए । राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालबाट पठाइएको ५१ मध्ये ४७ जनाको स्वाबको रिपोर्ट नेगेटिभ आएको छ ।

आज पठाइएको चारवटाको रिपोर्ट आउन बाँकी रहेको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा चुमनलाल दासले जानकारी दिए । सप्तरीबाट हालसम्म पठाइएकामध्ये तीन सय ६४ स्वाबको रिपोर्ट नेगेटिभ आएपछि सप्तरीवासीको त्रास केही कम भएको छ ।

प्रकाशित मिति : २१ बैशाख २०७७, आइतबार  ७ : ०० बजे

होर्मुज तनावबीच ट्रम्प–ताकाइची भेट, अमेरिका–जापान सम्बन्धमा संवाद

वासिङ्टन– मध्यपूर्वमा बढ्दो युद्ध र रणनीतिक दृष्टिले महत्त्वपूर्ण स्ट्रेट अफ

पिकअप गाडीले साइकलयात्रीलाई ठक्कर दिँदा एकको मृत्यु, एक जना घाइते

इनरुवा– सुनसरीरामधुनीनगरपालिका–५ मा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको

डेङ्गु जोखिम क्षेत्रमा सचेतना अभियान चलाउन सरकारको निर्देशन

काठमाडौं– गर्मीयाम सुरु भएसँगै डेङ्गुको उच्च जोखिम भएका स्थानीय तहलाई

अनुतिन फेरि थाइल्यान्डका प्रधानमन्त्रीमा निर्वाचित

एजेन्सी– क्षेत्रीय तनाव, सुस्त अर्थतन्त्र र आन्तरिक राजनीतिक उतारचढावबीच थाइल्यान्डको

 रिसाइक्लिङ गर्ने अभ्यासलाई प्रवर्द्धन गर्नुपर्नेमा जोड

काठमाडौं– ग्लोबल रिसाइक्लिङ डे २०२६ विविध कार्यक्रमका साथ सफलतापूर्वक सम्पन्न