नेपालगञ्जमा एकै दिन १५ जनामा देखियो कोरोना भाइरसको संक्रमण | Khabarhub Khabarhub

नेपालगञ्जमा एकै दिन १५ जनामा देखियो कोरोना भाइरसको संक्रमण


२१ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बाँकेको नेपालगञ्जमा एकै दिन १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयले नेपालगञ्ज उपमहानगरपालिकामा एकै दिन १५ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समिर अधिकारीका अनुसार नेपालगञ्जमा आज देखिएका कोरोना संक्रमितमध्ये ८ जना पुरुष र ७ जना महिला रहेका छन् ।

डा अधिकारीका अनुसार नेपालगञ्जमा आज थपिएका कोरोना संक्रमित पुरुषहरुको उमेर क्रमश ७, १६, २१, ३२, ३४, ३४,३७ र ५५ वर्ष उमेर समूहका छन् । यस्तै ७ जना कोरोना संक्रमित महिलाको उमेर क्रमश ३०, ३६, ४०, ५०, ५५, ५८ र ६० वर्षका छन् ।

उनीहरुको भेरी अस्पतालमा पीसीआर विधिबाट गरिएको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

गत शुक्रबार मात्र नेपालगञ्जमा ६० वर्षीया पुरुषमा कोरोना संक्रमण देखिएको थियो । यो सँगै नेपालगञ्जमा मात्र कोरोना संक्रमितको संख्या १६पुगेको छ ।

यो सँगै देशभर कोरोना संक्रमितको संख्या ७५ पुगेको छ ।

प्रकाशित मिति : २१ बैशाख २०७७, आइतबार  ८ : २० बजे

ब्याट्री कारखानामा छापा, तीन सय कोरियाली नागरिक पक्राउ

जर्जिया – अमेरिकाको जर्जिया राज्यमा निर्माणाधीन हुन्डाई र एलजी एनर्जी

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल भदौ २२ गते आइतबार। भाद्र

आज २०८२ साल भदौ २२ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८२ साल भदौ २२ गते आइतबार। भाद्र

धरान उपमहानगरको बजेट पारित गर्ने प्रक्रिया अगाडि बढ्यो

धरान – लामो समयदेखि बजेटविहीन बनेको धरान उपमहानगरपालिकाले चालु आर्थिक