नेपालगञ्जमा परीक्षण ‘किट’को अभाव, संक्रमित क्षेत्र सिलबन्दी « Khabarhub

नेपालगञ्जमा परीक्षण ‘किट’को अभाव, संक्रमित क्षेत्र सिलबन्दी


२२ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  १६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको बाँकेको नेपालगञ्जमा परीक्षण किटको अभाव भएको छ ।

नेपालगञ्ज उपमहानगरपालिकाका मेयर डा.धवल शम्शेर राणाका अनुसार संक्रमित संख्या बढ्दै गए पनि परीक्षण किटको अभाव भएको छ ।उनले भने, ‘हामीले प्रदेश र केन्द्र सरकारलाई मगाएका छौं, सुनेको छु आजसम्म किट आइपुग्छ ।’

सरकारले अपूरो सामग्री पठाउँदा पनि समस्या निम्तिएको उनले गुनासो गरे । ‘कहिले स्वाब परीक्षणमा आवश्यक पर्ने केमिकल नै हुन्न त कहिले किटकै अभाव हुने गरेको छ,’ उनले भने, ‘हामीलाई आयात गर्ने अधिकार छैन नत्र आयात नै गरेर भए पनि अभाव टार्थ्यौँ।’

बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले पनि किट अभाव भएको जानकारी दिए । यसअघि सरकारले पठाएको ५ सय हाराहारी किट सकिएको र बाँकीको परीक्षण गर्न अभाव भएको उनले बताए ।

एक जना संक्रमित देखिएपछि उनको सम्पर्कमा रहेका ९० जना सम्भावित संक्रमितको परीक्षण गरिएकोलाई नै आधार मान्दा पनि अरु कम्तीमा ४ देखि ५ सय जनाको परीक्षण गर्नुपर्ने अवस्था रहेको उपाध्यायले जानकारी दिए ।

वैशाख १९ मा पहिलो संक्रमण देखिएका व्यक्तिको कन्ट्याक ट्रेसिङ गर्दा सम्भावित ९० जना संक्रमितको परीक्षणका क्रममा आइतबार राति ८ बजेसम्म १५ जनामा संक्रमण देखिएको उनले जानकारी दिए ।

आइतबार एकैदिन कोरोना भाइरस संक्रमित देखिएका नेपालगञ्ज उपमहानगरपालिकाको वडा नम्बर ८ र ५ का १५ जना र वैशाख १९ मा संक्रमित एक जनाको अहिले सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुरामा उपचार भइरहेको सहायक प्रजिअ उपाध्यायले जानकारी दिए ।

‘९० जना सम्भावित संक्रमितमध्ये ६० जनाको मात्र परीक्षण भएको र बाँकीको परीक्षण हुनेक्रममा रहेकाले संक्रमित बढ्न सक्छन्,’ उपाध्यायले भने ।

स्वाब परीक्षण र कन्ट्याक ट्रेसिङमा खटिने जनशक्ति समेत अभाव भएको उनले जानकारी दिए । विशेषज्ञ जनशक्ति सम्बन्धित निकायलाई मागिएकाले छिट्टै व्यवस्थापन हुने अपेक्षा गरिएको उनले बताए ।

संक्रमण फैलदै गएपछि यसअघि वैशाख १९ गतेदेखि नै वडा नम्बर ८ र ५ शिलबन्दी गरी सकिएको र अन्य वडामा पनि शिलबन्दीको तयारी भएको उनले जानकारी दिए । थप संक्रमण नफैलियोस् भनेर अन्य वडा र सीमावर्ती क्षेत्रमा पनि कडिकडाउ गर्न थालिएको छ ।

आजै विशेषज्ञ र किट पुग्छ  : स्वास्थ्य सेवा विभाग

कोरोना संक्रमितको केन्द्र बनेको नेपालगञ्जमा आवश्यक किट र विशेषज्ञको टोली आजै पुग्ने स्वास्थ्य सेवा विभागले जनाएको छ ।

विभागका महानिर्देशक महेन्द्र श्रेष्ठका अनुसार किट अभाव भएको जानकारी पाउँने बित्तिकै आवश्यक मात्रा किट पुर्‍याउने काम भइरहेको छ ।

‘त्यहाँ किट अभाव हुँदैन, रातारात किट पुग्छ, आवश्यक जनशक्ति पनि पुगेर काममा हल्ट हुन दिन्नौँ, आजै किट पुगिसक्छ,’ श्रेष्ठले भने ।

संक्रमितको संख्या बढेपछि लकडाउनको मोडालिटी तत्कालै परिवर्तन हुने सम्भावना फेरि पनि टरेको सरकारी अधिकारीहरुले बताएका छन् ।

विभागकै महानिर्देशक श्रेष्ठका अनुसार सरकारले उच्च जोखिम, जोखिम र कम जोखिमका आधारमा वर्गीकरण गरेर लकडाउनबारे आवश्यक निर्णय गर्नेबारे छलफल चलाए पनि तत्कालै लागु नहुन सक्छ ।

‘लकडाउनलाई खुकुलो बनाउन त पर्छ, सधैँभरि मानिसहरु घरभित्रै बस्न सक्दैनन् तर संक्रमण हाम्रो कावुभित्रै लिन सकिन्छ भन्ने भएपछि मात्रै निर्णय हुन्छ,’ श्रेष्ठले भने, ‘त्यसका लागि कम्तीमा अरु एक हप्ता तयारी लाग्छ ।’

श्रेष्ठका अनुसार लकडाउन वर्गीकरण गरेर खुकुलो बनाउनअघि आवश्यक जनशक्तिको उपलब्धता र तयारी, औषधि व्यवस्थापन, स्वास्थ्य सावधानिका अन्य तयारी, पीसीआरबाटै गरिएका परीक्षणको संख्या कम्तीमा ३० हजार पुर्‍याउने लगायतका काम गर्न जरुरी छ ।

प्रकाशित मिति : २२ बैशाख २०७७, सोमबार  ८ : २० बजे

कञ्चनपुरको खजुवापट्टीमा सिँचाइ सुविधा

कञ्चनपुर– शुक्लाफाँटा नगरपालिका–१ खजुवापट्टीका किसानले वर्षभर सिँचाइको भरपर्दो सुविधा पाएका

पहिलोपटक खलङ्गा बजारमा ‘फायर हाइड्रेन्ट’ जडान भएपछि…

जुम्ला– जुम्लाको चन्दननाथ नगरपालिका– ५ स्थित खलङ्गा बजारको एक ‘मोबाइल’

मालढुङ्गा–बेनी सडक स्तरोन्नतिपछि यात्राअवधि छोटियो

म्याग्दी– म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने मालढुङ्गा–बेनी सडक स्तरोन्नति

संसदीय इतिहासको साक्षी ग्यालरी बैठककाे सवलीकरण गरिँदै (तस्बिरहरू)

काठमाडौं– २०७२ सालको भूकम्पले क्षति गरेको नेपालको संसदीय इतिहासको साक्षीका

वीरगञ्ज महानगरपालिकाद्वारा तरकारी तथा फलफूल बजार सञ्चालन

वीरगञ्ज– वीरगञ्ज महानगरले रेल्वेसडकस्थित छपकैयाँमा निर्माण गरेको तरकारी तथा फलफूल