कोरोना जितेका बेलायती प्रधानमन्त्री भन्छन्– डाक्टरहरुले मलाई मृत घोषणा गर्ने तयारी गरिसकेका थिए « Khabarhub

कोरोना जितेका बेलायती प्रधानमन्त्री भन्छन्– डाक्टरहरुले मलाई मृत घोषणा गर्ने तयारी गरिसकेका थिए


२२ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले कोरोना संक्रमण भएर उपचारका क्रममा रहँदा डाक्टरहरुले आफूलाई मृत घोषणा गर्ने तयारी गरिसकेको बताएका छन् ।

बेलायतको ‘द सन’ पत्रिकालाई दिएको अन्तर्वार्तामा आफ्नो अस्पताल बसाइको अनुभव सुनाउँदै प्रधानमन्त्री जोन्सनले चिकित्सकहरुले आफूलाई मृत घोषणा गर्नका लागि तयारी गरिसकेको बताएका हुन् ।

चिकित्सकहरुले आफूलाई कैयौं लिटर अक्सिजन दिएर बचाएको पनि जोन्सनले खुलाएका छन् । कोरोना संक्रमण देखिएका प्रधानमन्त्री जोन्सन ३ हप्ता अगाडि मात्रै स्वास्थ्य लाभ गरी अस्पतालबाट डिस्चार्ज भएका थिए ।

प्रधानमन्त्री जोन्सनलाई मार्च २६ मा कोरोना भाइरस संक्रमणको पुष्टि भएको थियो । त्यसपछि उनलाई सेन्ट थोमस अस्पतालमा भर्ना गरिएको थियो । अस्पताल भर्ना भएकै दोस्रो दिन उनलाई सघन उपचार कक्ष (आईसीयू)मा सारिएको थियो ।

‘सेन्ट थोमस अस्पतालको आईसीयूमा पुगेपछि मलाई धेरै अक्सिजन दिइयो । त्यति गर्दा पनि मेरो स्वास्थ्यमा खासै प्रगति देखिएन,’ प्रधानमन्त्री जोन्सनले आफ्नो अस्पताल अनुभव सुनाउँदै भनेका छन्, ‘म त्यो एकदमै कठिन समयलाई अस्वीकार गर्न सक्दिन । मेरो हालत ठीक थिएन । डाक्टरहरु केही नराम्रो (मृत्यु) भइहाल्यो भने के गर्ने भनेर विकल्पहरुबारे सोचिरहेका थिए ।’

प्रधानमन्त्री जोन्सनले आफ्नो स्वास्थ्य अवस्था हेर्दा अस्पताल बसाइको क्रममा आफू धेरै निराश भएको पनि बताएका छन् । ‘मेरो अवस्था केही दिनमै यति बिग्रियो भनेर म आफैंलाई विश्वास गर्न गाह्रो भयो । मलाई त्यतिबेलाको याद छ कि म निकै निराश भइसकेको थिएँ,’ जोन्सनले भनेका छन्, ‘सबैभन्दा खराब स्थिति त्यतिबेला आयो, जतिबेला ५०–५० को अवस्था देखियो । डाक्टरहरुले मेरो विन्डपाइप मुनि एक ट्यूब राखेका थिए । मैले त्यसबेला सोचेँ कि यो रोगका लागि कुनै औषधि छैन र कुनै उपचार पनि छैन । म कसरी यो रोगबाट ठीक हुन सकुँला भन्ने सो आइरह्यो ।’

उपचारपछि निको भएर अस्पतालबाट फर्किएपछि आफूले आफैंलाई भाग्यमानी ठानेको प्रधानमन्त्री जोन्सनको भनाइ छ । ‘म धेरै भाग्यमानी हुँ, किनभने मलाई अहिले ठीक भएको छ । तर, मजस्तै रोग लागेका धेरै पीडित अझै उपचारमै छन् ।’

कोरोना संक्रमण देखिएपछि केही दिन सेल्फ क्वारेन्टाइनमा बसेका प्रधानमन्त्री जोन्सन स्वास्थ्य अवस्था खराब हुँदै गएपछि अस्पताल भर्ना भएका थिए ।

उनी १२ अप्रिपलमा अस्पतालबाट डिस्चार्ज भएका थिए । त्यसअघि उनी ९ अप्रिलसम्म अस्पतालको आईसीयूमा थिए ।

प्रकाशित मिति : २२ बैशाख २०७७, सोमबार  ९ : ५९ बजे

एन्फाका पूर्वाध्यक्ष कर्माछिरिङ शेर्पा पक्राउ

काठमाडौँ । अखिल नेपाल फुटबल संघ एन्फाका पूर्वाध्यक्ष कर्र्माछिरिङ शेर्पा

रास्वपाको पहिलो महाधिवेशनले उब्जाएका १० प्रश्न

काठमाडौं । छ दिनसम्म लगाएर राष्ट्रिय स्वतन्त्र पार्टीले पहिलो महाधिवेशन

युरोपमा किन बढ्यो गर्मी, अस्तव्यस्त जनजीवन

काठमाडौँ । युरोपमा दिनप्रतिदिन भीषण गर्मीले रेकर्ड तोडिरहेको छ। अत्यधिक

महाधिवेशनसँगै नयाँ र पुरानोको द्वन्द्व सकियो, गुट र उपगुट पनि अन्त्य भयो : रवि लामिछाने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नवनिर्वाचित सभापति रवि लामिछानेले

अदालतका समाचार तथ्यपरक र सन्तुलित हुनुपर्छ: प्रधानन्यायाधीश शर्मा

काठमाडौँ । सर्वोच्च अदालतका प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले न्यायिक विषयवस्तुसम्बन्धी