लकडाउनका बेला यी फिल्म हेर्न दीपिकाको सिफारिस « Khabarhub

लकडाउनका बेला यी फिल्म हेर्न दीपिकाको सिफारिस


२२ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – कोरोना भाइरसका कारण भारतमा पनि लकडाउन छ । बलिउडका सबै सेलिब्रेटी आफ्नै घरमा छन् । कोरोनाबाट बच्न सबै सेलिब्रेटीले फ्यानलाई सचेत पनि गराएका छन् ।

दीपिका पादुकोण र रणवीर सिंह पनि लगातार सामाजिक सञ्जालका माध्यमबाट आफ्ना फ्यानसँग जोडिएका छन् । उनीहरुले सामाजिक सञ्जालका माध्यमबाट तस्वीर र भिडियो शेयर गर्ने गर्छन् ।

दीपिकाले घरमा खाना पकाउँदै गरेको तस्वीर पनि शेयर गरेकी थिइन् । यतिबेला भने उनले लकडाउनका वेला दुई फिल्म सिफारिस गरेकी छिन् ।

उनले हलिउड फिल्म ‘हर’ र ‘फ्यान्टम थ्रेड’ हेर्न सिफारिस गरेकी छिन् । यी दुवै फिल्मलाई समीक्षकले रुचाएका थिए ।

फिल्मको कुरा गर्नुपर्दा दीपिकाले अभिनय गरेको फिल्म ‘छपाक’ पछिल्लोपटक रिलिज भएको थियो । यो फिल्मले व्यावसायिक सफलता हात पार्न नसके पनि समीक्षा राम्रो पाएको थियो ।

उनले हालै शकुन बन्नाको फिल्म साइन गरेकी छिन् । उक्त फिल्ममा सिद्धान्त चतुर्वेदी र अनन्या पाण्डेलाई पनि देख्न सकिनेछ ।

प्रकाशित मिति : २२ बैशाख २०७७, सोमबार  ११ : ३४ बजे

क्यानाडाली वस्तुमा ट्रम्पको थप शुल्क, व्यापार विवाद चर्किँदै

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानाडासँगको व्यापार विवाद थप चर्काउँदै

रसुवा बाढीको आर्थिक प्रभाव अध्ययन गर्न उपसमिति गठन

काठमाडौं- प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिले रसुवामा आएको बाढीले अर्थतन्त्रमा पारेको प्रभाव र

प्रधानमन्त्री बालेनले तीनै सुरक्षा निकायका प्रमुखसँग छलफल गर्दै, प्रधानसेनापतिलाई भेटे 

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले देशका तीनवटै सुरक्षा निकायका प्रमुखसँग उच्चस्तरीय

झापा र कैलालीमा जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप अभियान

काठमाडौं – जापानिज इन्सेफ्लाइटिस (जेई) संक्रमणका कारण बिरामी हुने र मृत्यु हुने क्रम बढेपछि

काभ्रेका बाढीपीडितको समस्या सरकारी अल्झनमै

बनेपा– काभ्रेका बाढीपीडितको समस्या सरकारी प्रक्रियाकै अल्झनमा बेरिएपछि उनीहरु बाढीपहिरोले