महेश बस्नेत, किशान श्रेष्ठ र सर्वेन्द्र खनालले दिए मानव अधिकार आयोगमा निवेदन | Khabarhub Khabarhub

महेश बस्नेत, किशान श्रेष्ठ र सर्वेन्द्र खनालले दिए मानव अधिकार आयोगमा निवेदन


२२ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसदद्वय महेश बस्नेत र किसान श्रेष्ठ तथा पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले आफूहरुले अपहरण नगरेको भन्दै मानव अधिकार आयोगमा निवेदन दिएका छन् ।

सांसदद्वय बस्नेत र श्रेष्ठ तथा पूर्व आईजी खनालले सोमबार राष्ट्रिय मावन अधिकार आयोगको हरिहर भवनस्थित कार्यालय पुगेर आफूहरुले साबिक समाजवादी पार्टीका सांसद डा सुरेन्द्र यादवको अपहरण नगरेको भन्दै निवेदन दिएका हुन् ।

केही दिन अगाडि साबिक समाजवादी पार्टीका सांसद डा यादवलेसांसदद्वय बस्नेत र श्रेष्ठ तथा पूर्व आईजी खनालले आफ्नो अपहरण गरी महोत्तरीबाट काठमाडौं ल्याएर बन्धक बनाएको आरोप लगाउँदै मानव अधिकार आयोगमा निवेदन दिएका थिए ।

सांसदद्वय बस्नेत र श्रेष्ठ तथा पूर्व आईजी खनालविरुद्ध प्रहरी तथा सरकारी वकिल कार्यालयले अपहरण तथा शरीर बन्धकको जोहरी नलिए पछि पूर्व राज्यमन्त्री समेत रहेका डा यादव राष्ट्रिय मानव अधिकार आयोग पुगेका थिए ।

डा यादवले आफ्नो मानव अधिकार संरक्षणको माग गर्दै सांसदद्वय बस्नेत र श्रेष्ठ तथा पूर्व आईजी खनालमाथि छानबिन गर्न माग गरेका थिए ।

आफूहरुविरुद्ध उजुरी परेपछि सांसदद्वय बस्नेत र श्रेष्ठ तथा पूर्व आईजी खनाल पनि सोमबार आयोग पुगेका हुन् ।

सांसदद्वय बस्नेत र श्रेष्ठ तथा पूर्व आईजी खनालले महोत्तरीमा रहेका सांसद डा यादवलाई वैशाख १० गते महोत्तरीबाट काठमाडौं ल्याइ पुर्‍याएका थिए ।

प्रकाशित मिति : २२ बैशाख २०७७, सोमबार  २ : १६ बजे

सनातन धर्मावलम्बीका घर-घरमा भित्र्याइयो कुश

काठमाडौं– प्रत्येक वर्ष भाद्रकृष्ण औँसीका दिन मनाइने कुशे औँसी पर्व

करेन्ट लागेर २५ वर्षीय युवकको मृत्यु

वालिङ– जिल्लाको पुतलीबजार नगरपालिका-९ कोल्मामा शिनबार दिउँसो करेन्ट लागेर एक

हैजा सङ्क्रमण नियन्त्रणका लागि टोली खटाइयो

जनकपुर– पर्साको वीरगञ्जमा देखिएको हैजाको सङ्क्रमण नियन्त्रणका लागि प्रदेश सरकारले

पार्टीलाई बलियो बनाउन सबै एकताबद्ध हुनुपर्छ : महासचिव पोखरेल

देउखुरी– नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शंकर पोखरेलले पार्टीलाई बलियो

‘रविलाई जेलमा राख्ने होइन, बाहिर निकालेर हिसाबकिताब गर्नुपर्छ’

काठमाडौँ – सुनवलस्थित सर्वोत्तम सिमेन्ट फ्याक्ट्रीमा क्यान्टिन सञ्चालन गर्दै आएका