सरकारी वकिल कार्यालयमा समाजवादीका सांसद यादवको ‘अपहरण’सम्बन्धी उजुरी दर्ता « Khabarhub

सरकारी वकिल कार्यालयमा समाजवादीका सांसद यादवको ‘अपहरण’सम्बन्धी उजुरी दर्ता


२२ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा साबिक समाजवादी पार्टीका सांसद डाक्टर सुरेन्द्र यादवको अपहरणसम्बन्धी उजुरी दर्ता भएको छ ।

सरकारी वकिल कार्यालयका प्रमुख तथा सहन्ययाधीवक्ता हरिप्रसाद रेग्मीका अनुसार सांसद यादव अपहरणसम्बन्धी निवेदन दर्ता भएको हो । रेग्मीले निवेदन दर्ता भएको पुष्टि गरे ।

उनले भने,‘अपहरणसम्बन्धी उजुरी दर्ता भएको छ । आवश्यक कानूनी प्रक्रिया पुरा गरेर अनुसन्धानका लागि प्रहरी कार्यालयमा पठाउने तयारी गरिरहेका छौं ।’

बैशाख १० गते  समाजवादीका पार्टी सांसद यादवलाई सत्तारुढ नेकपाका सांसदहरु महेश बस्नेत, किसनकुमार श्रेष्ठ र पूर्वआइजीपी सवेन्द्र खनालले महोत्तरीबाट काठमाडौं ल्याएका थिए ।

पछि सांसद यादवले आफूलाई अपहरण गरी काठमाडौं ल्याइएको भन्दै सांसदद्वय बस्नेत र श्रेष्ठ तथा पूर्व आईजी खनालविरुद्ध महानगरीय प्रहरी परिसर काठमाडौंमा जाहेरी दर्ता गर्न खोजेका थिए । तर, प्रहरी परिसरले घटनास्थल काठमाडौं बाहिर रहेको भन्दै जाहेर दर्ता गर्न मानेको थिएन ।

प्रहरीले उजुरी दर्ता नगरेपछि डा यादवले जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा उजुरी दर्ता गराउन खोजेका थिए । तर, त्यतिबेला उजुरीको रित नपुगेको भन्दै जिल्ला सरकारी वकिलको कार्यालयले सांसद यादवको उजुरी फिर्ता पठाएको थियो ।

प्रकाशित मिति : २२ बैशाख २०७७, सोमबार  २ : ५३ बजे

केपी ओलीलाई पत्थरी, दीपक खड्कालाई पखाला

काठमाडौं- हालै पक्राउ परेका दुई भीभीआईपी नेपाल प्रहरीको हिरासतमा नभई

आगामी बजेट सन्तुलित आउँछ : प्रधानमन्त्री शाह

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहले आगामी आर्थिक वर्षको बजेट सन्तुलित

शिक्षा मन्त्रालयले फेरि जारी गर्‍यो ब्रिज कोर्स बन्द गर्ने सूचना

काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले प्रवेश परीक्षा तयारी

वरिष्ठ अधिवक्ता भट्टराई भन्छन् : ‘पपुलिजम’को उत्कर्षमा न्यायलयको धेरै भरोसा नगर्नू

काठमाडौं – वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले पपुलिजमको उत्कर्षको अवस्थामा न्यायालयमाथि

श्रीलङ्कामा विद्युतको मूल्य करिब ४० प्रतिशतले वृद्धि

कोलम्बो – श्रीलङ्काले मध्यपूर्वमा युद्धको कारण ऊर्जा अभावको सामना गरिरहेका