सावधानी अपनाउँदै स्थानीय तहले थाले विकास निर्माण | Khabarhub Khabarhub

सावधानी अपनाउँदै स्थानीय तहले थाले विकास निर्माण


२३ बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन- हरेक वर्षको विकास निर्माणका काम गर्ने मुख्य समयमा लकडाउन शुरु भएपछि रोकिएका कामलाई चितवनका स्थानीय तहले निरन्तरता दिन थालेका छन् । उच्च सावधानी अपनाउँदै पालिकाहरुले सहजीकरण गरेर काम शुरु गरेका हुन् ।

भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेमराज जोशीका अनुसार महानगरपालिकाले आवश्यक सहजीकरण गरेर विकास निर्माणको काम अगाडि बढाएको छ ।

महानगरपालिकामा सडक कालोपत्र, ग्राभेल, ढल निर्माण, वडा कार्यालय भवन निर्माणजस्ता काम शुरु भएका छन् । जोशीका अनुसार रु एक अर्ब हाराहारीको विकासका काम यस वर्ष महानगरले गर्दै छ । आधा जति काम सकिएको भए पनि बाँकी काम सकेसम्म सक्नका लागि सहजीकरण गरिएको उनले जानकारी दिए।

महानगरमा धेरै काम सडक कालोपत्रे छन् । महानगरभित्रै चार अस्फाल्ट (तयारी अलकत्रा) बनाउने उद्योग रहेका छन् । तिनै उद्योग सञ्चालन गरी काम अगाडि बढाइएको छ । महानगरले शहरी विकास, सडक विभाग, सिँचाइ विभागअन्तर्गतका आयोजनाका कामका लागि पनि सहजीकरण गरिरहेको उनलेब ताए।

महानगरपालिकाका नौ वटा वडा कार्यालय भवन निर्माण एवं मर्मतसम्भार भइरहेका छन् । ती काम पनि अगाडि बढाइएको छ । निर्माण कम्पनीलाई आवश्यक कच्चा पदार्थ व्यवस्थापनमा सहयोगसँगै सवारी र मजदुर हिँड्डुलका लागि इजाजतको व्यवस्था महानगरले गरेको छ ।

राप्ती नगरपालिकामा पनि काम थालिएको छ । नगरप्रमुख प्रभा बरालका अनुसार अत्यावश्यक र अधुरा आयोजनालाई उच्च प्राथमिकतामा राखिएको छ । सो क्षेत्रमा तटबन्धन, कुलो, सडक कालोपत्र, ढल, सडक ग्राभेलजस्ता विकासका आयोजना रहेका छन् ।

बरालका अनुसार चालू आर्थिक वर्षमा रु ४७ करोडको विकास बजेट विनियोजन गरिएको छ । सोमध्ये ८० प्रतिशत हाराहारीको सम्झौता भई आधा काम सम्पन्न भइसकेको छ । बाँकी सम्झौता गर्ने र कामलाई तीव्रता दिन नगरपालिकाले आवश्यक सहजीकरण गरिरहेको उनले जानकारी दिइन ।

इच्छाकामना गाउँपालिकाले पनि कोरोना भाइरसको सङ्क्रमणसँग जोगिँदै काम थालेको छ । गाउँपालिकाका अध्यक्ष गीता गुरुङले पुल, खानेपानी, सडकजस्ता पूर्वाधारका काम अगाडि बढाउन थालिएको बताइन ।

विद्युतीकरणको काम भने शुरु हुनसकेको छैन । सामाजिक दूरी कायम गरी स्थानीय मजदुरलाई रोजगारी हुने गरी काम अगाडि बढाइएको छ । सोही गाउँपालिकाका उपाध्यक्ष कृतिकुमार श्रेष्ठले विकासका कार्यक्रम अगाडि बढाउँदा राहत दिनुपर्नेको सङ्ख्या घट्ने बताए ।

भरतपुर महानगरपालिका–११ मा आइतबारबाट सडक कालोपत्रको काम नै थालिएको छ । वडाध्यक्ष बाबुराम अधिकारीले निर्माण कम्पनीलाई सहयोग गर्न सकेमा विकासका कामसँगै स्थानीयवासीले रोजगारी पाउने बताए। सङ्क्रमण फैलिन नदिन विश्व स्वास्थ्य सङ्गठनको मापदण्ड अवलम्बन गर्दै काम थालिएको अधिकारीको भनाइ छ ।

जिल्लामा एक महानगरपालिका, पाँच नगरपालिका र एक गाउँपालिका रहेका छन् । सबै पालिकाले विकासका काम अगाडि बढाउने तयारी गरिहेका छन् । यससँगै नारायणी, राप्तीजस्ता नदीमा तटबन्धनका काम, मानिसको कम चाप हुँदा गर्नैपर्ने सडकका काम, पुलका कामलाई प्राथमिकतामा राखेर निर्माण कम्पनीलाई काम लगाइएको छ ।

प्रकाशित मिति : २३ बैशाख २०७७, मंगलबार  ११ : ०० बजे

एमालेमा फरक मतलाई निषेध, आधा घण्टा उभिँदा पनि बोल्न पाएनन् कर्ण थापा

काठमाडौँ – नेकपा (एमाले) भित्रको आन्तरिक लोकतन्त्र गम्भीर संकटमा परेको

एआईको उपयोग सम्बन्धमा अध्ययन गरिरहेका छौँ : सभामुख घिमिरे

पाटन– सभामुख देवराज घिमिरेले कृत्रिम बौद्धिकता (एआई)को उपयोगले काम गर्न

भक्तपुरमा आजदेखि इन्द्र जात्रा 

भक्तपुर– भक्तपुर नगरपालिका खौमास्थित इन्द्रायणी द्यो छेँ अर्थात् देवगृहबाट बाजागाजासहित

व्यक्तिको गल्ती पार्टीले जिम्मा लिँदैन : गगन थापा

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कुनै पनि पार्टी गलत

‘सञ्चार क्षेत्रले सरकारका कमजोरी औँल्याउने र राम्रा काम जनतासम्म पुर्‍याउनुपर्छ’

काठमाडौं– उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सञ्चार जगत्ले सरकारका कमजोरी