घाटमै गएर मेयरमाथि कुटपिट गर्ने युवा संघका जिल्ला संयोजक निलम्बित « Khabarhub

घाटमै गएर मेयरमाथि कुटपिट गर्ने युवा संघका जिल्ला संयोजक निलम्बित


२३ बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जाजरकोटको भेरी नगरपालिकाका मेयर चन्द्रप्रकाश घर्तीमाथि कुटपिटमा संलग्न नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट युवा संघ नेपालका जाजरकोट संयोजक दीपेन्द्र शाही निलम्बनमा परेका छन् ।

संघका केन्द्र अध्यक्ष रामप्रसाद सापकोटा (दीपशिला) र सहसंयोजक रमेश पौडेलले मंगलबार एक विज्ञप्ती जारी गर्दै जाजरकोट जिल्ला कमिटी संयोजक शाहीलाई निलम्बन गरिएको जनाएका छन् ।

युवा संघद्वारा जारी गरिएको विज्ञप्तीमा उल्लेख गरिएअनुसार नेकपाको कर्णालय प्रदेश ज्येष्ठ कम्युनिस्ट मञ्चका सदस्य मधु चन्दको अन्तिम संस्कारमा सहभागी भएका मेयर घर्तीमाथि वैशाख १२ गते कुटपिट भएको थियो ।

मेयर घर्ती नेकपाको कर्णाली प्रदेश कमिटीका सदस्य समेत हुन् । नेकपाको जाजरकोट जिल्ला र कर्णाली प्रदेश कमिटीले विज्ञप्ती जारी गर्दै युवा संघका जिल्ला संयोजक शाही नेतृत्वको समूहले घाटमै गएर मेयर घर्तीमाथि आक्रमण गरेको जनाएको थियो ।

नेकपाको जिल्ला र प्रदेश कमिटीले शाहीमाथि कारबाहीको माग गरेपछि युवा संघले आफ्नो अन्तरिम विधान २०७६ अनुसार मंगलबारदेखि लागू हुने गरी संगठनका सबै जिम्मेवारीहरुबाट निलम्बन गरिएको जनाएको हो ।

संघले तत्कालका लागि जाजरकोट जिल्ला समितिको कार्यवाहक संयोजक जिम्मेवारी भिम जिसीलाई प्रदान गरिएको जनाएको छ ।

युवा संघले घटनाको सत्यतथ्य छानबिन गर्नका लागि ५ सदस्यीय समिति समेत गठन गरेको छ । समितिमा संघका केन्द्रीय सदस्य मनोज विक, विश्वविक्रम शाह, राजन थापा, भिम रोकाया र कार्यवाहक संयोजक भिम सिजी रहेका छन् ।

प्रकाशित मिति : २३ बैशाख २०७७, मंगलबार  १ : ५५ बजे

मोबाइलमै भएको डिजिटल राहदानी र भिसा मान्य हुने

काठमाडौं– अध्यागमन विभागले मोबाइल एपमा उपलब्ध डिजिटल राहदानी र भिसा

चिलिमे र माथिल्लो त्रिशूली-१ को सुरूङभित्र एकै दिन ९ शव भेटिए

रसुवा– रसुवाको चिलिमे जलविद्युत् केन्द्रको सुरुङमा खोजीका क्रममा विद्युत् गृह

भारतबाट थप १६० ग्यास बुलेट ल्याइँदै : डेराका विद्यार्थी, सुत्केरी र गर्भवतीलाई पहिलो प्राथमिकता

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले १६० वटा अतिरिक्त ग्यास

कांग्रेस महाधिवेशनमा करिब सात हजार प्रतिनिधि सहभागी हुने

काठमाडौं– नेपाली कांग्रेसले १५औँ महाधिवेशनमा सात हजार हाराहारीमा महाधिवेशन प्रतिनिधि

यी हुन् मन्त्रिपरिषद् बैठकका मुख्य छ निर्णय

काठमाडौं– सरकारले सरकारी निर्णय प्रक्रिया सरलीकरण तथा डिजिटल बनाउने सम्बन्धी