कोरोना भाइरस अपडेट : मलेसियाको पछिल्लो अवस्था के छ ? « Khabarhub

कोरोना भाइरस अपडेट : मलेसियाको पछिल्लो अवस्था के छ ?


२४ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण मलेसियामा ज्यान गुमाउनेको संख्या १०६ पुगेको छ ।

मलेसियामा पछिल्लो २४ घण्टामा थप १ जनाको मृत्यु भएसँगै ज्यान गुमाउनेको संख्या १०६ पुगेको हो ।

मलेसियामा एकैदिन थप ३० जनामा कोरोनाको संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या ६ हजार ३८३ पुगेको छ ।

मलेसियामा संक्रमितमध्ये ४ हजार ५६७ जना उपचारपछि निको भएका छन् । १ हजार ७१० जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । उनीहरुमध्ये २४ जनाको अवस्था गम्भीर रहेको छ ।

वैदैशिक रोजगारीको सिलसिलामा ठूलो संख्यामा त्यहाँ नेपालीहरु रहेको हुँदा मलेसियास्थित नेपाली दूतावासले सुरक्षा सतर्कता अपनाउन आग्रह गर्दै आएको छ ।

नेपालीहरुमा कुनै समस्या देखिएमा दूतावासको सम्पर्कमा रहन समेत अनुरोध गरेको छ । पछिल्लो समय मलेसियामा कोरानाको संक्रमण नियन्त्रणउन्मुख देखिएको छ ।

प्रकाशित मिति : २४ बैशाख २०७७, बुधबार  ७ : १८ बजे

तिला लघुजलविद्युत् आयोजनाका उपकरण अलपत्र

जुम्ला– जिल्लाको तिला गाउँपालिका-२ स्थित तिला लघुजलविद्युत् आयोजनाका करोडौँ मूल्यका

चीनद्वारा नयाँ सञ्चार प्रविधि उपग्रह प्रक्षेपण

बेइजिङ- चीनले शनिबार दक्षिण चीनको हाइनान प्रान्तस्थित वेन्चाङ अन्तरिक्ष प्रक्षेपण

सभामुख घिमिरेसँग चिनियाँ राजदूत सोङको बिदाइ भेट

काठमाडौं– प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेसँग नेपालका लागि जनवादी गणतन्त्र चीनका

‘अर्काको सुन लगायो, आफ्नो कानलाई दुख’

काठमाडौं – अमेरिकामा धेरै कलाकार गए– आए । कलाकार बनेर

‘व्यावसायिक वातावरण निर्माणमा सरकार प्रतिबद्ध छ’

काठमाडौं– उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव रामप्रसाद घिमिरेले मुलुकमा