काठमाडौं- संयुक्त अरब इमिरेट्स (यूएई)स्थित नेपाली दूतावासमा नेपाली श्रमिकहरुले धर्ना दिएका छन् ।
दुबईको इमिरेट्स क्याब ट्याक्सीमा काम गर्ने नेपाली नागरिकले आफूहरु काम नपाएर अलपत्र परेको भन्दै मंगलबार दूतावासमा धर्ना दिएका हुन् । उनीहरुले आफूलाई स्वदेश फर्काउन समेत माग गरेका छन् ।
यूएईको सारजहामा कम्पनीको बेवास्ताले अलपत्र परेका ३० नेपालीमध्ये १७ जना श्रमिक लगेज बाकेरै दूतावासमा पुगेका थिए । यसअघि उनीहरूलाई यूएईकै प्रवासी नेपालीहरूले कोठा खोजेर राखेका थिए । कोठा भाडाको समय अवधि सकिएपछि फेरि अलपत्र हुने अवस्था आएको भन्दै उनीहरु दूतावासको शरणमा पुगेका हुन् ।
यता दूतावासरले एनआरएनएको सहयोगमा सारजाहमा बस्ने व्यवस्ता मिलाएको बताएको छ । दूतावासले एक विज्ञप्ति जारी गर्दै उनीहरुलाई सारजाहसम्म लैजाने प्रवन्ध पनि मिलाइएको जानकारी दिएको छ ।
उनीहरुलाई लकडाउन खुलेलगत्तै नेपाल फर्किने प्रवन्ध मिलइने समेत दूतावासले जनाएको छ ।
प्रतिक्रिया