अमेरिकामा दाहसंस्कार रोकिएका ५ नेपालीको नेपाली मूलका सांसद भण्डारीको पहलमा अन्त्येष्टि « Khabarhub

अमेरिकामा दाहसंस्कार रोकिएका ५ नेपालीको नेपाली मूलका सांसद भण्डारीको पहलमा अन्त्येष्टि


२४ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  कोरोना भाइरसको संक्रमणपछि अमेरिकामा मृत्यु भएका ५ नेपालीको उतै अन्त्येष्टि गरिएको छ ।

न्यूयोर्कमा मृत्यु भएका अनिल लिम्बु, निमा शेर्पा, अजय छोंचु, बिष्णु कुमार राई र पवन मल्लको अमेरिकामै अन्तिम संस्कार गरिएको हो ।

कोरोना भाइरसको महामारीले शव व्यवस्थापनमा पालो पाउन नसकेको तथा खर्च अभावमा समस्या खेपिरहेका नेपालीलाई नेपाली मूलका अमेरिकी सांसद ह्यारी भण्डारीले सहयोग गरेका छन् ।

मेरिल्याण्ड राज्यको सांसदमा प्रतिनिधित्व गर्ने भण्डारीले कोरोनाका कारण मृत्यु भएका नेपालीको दाहासंस्कार गर्नै अप्ठ्यारो भइरहेका बेला समन्वय गरेका थिए ।

तीन जना नेपालीको फस्ट एभिन्यु फ्युनेरलमा र न्युजर्सीको रुबी मेमोरियल फ्यूनेरल एण्ड क्रिमेशन सर्भिसमा दाहसंस्कार गरिएको हो । भण्डारीको पहलमा झण्डै ५० प्रतिशत छुटमा दाहसंस्कार गरिएको थियो ।

एउटा शवको संस्कारमा १५ सय डलरसम्म तिर्नुपर्नेमा नेपालीको शव व्यवस्थापन गर्दा ५० प्रतिशत रकम छुट गराइएको भण्डारीले जानकारी दिए ।

क्षमायाचना

अमेरिकाको न्युयोर्कमा मृत्यु भएका पाँच नेपालीको दाहसंस्कार सम्बन्धी यस समाचारमा उल्लिखित अजय छोंचुको दाहसंस्कार हालसम्म नभएको र दाहसंस्कारका लागि अन्य व्यक्तिबाट सहयोग आवश्यक नपर्ने भनेर उनका आफन्तजनले जानकारी गराएका छन् ।

प्राप्त जानकारीअनुसार दाहसंस्कारका लागि बुझाउनुपर्ने रकम परिवारजनले बुझाइसकेका छन् । यस समाचारबाट परिवारजन र आफन्तमा पर्न गएको चोटप्रति खबरहब क्षमायाचना गर्दछ ।

आगामी दिनमा यस्तो गल्ती हुन नदिन सचेत रहनेछौँ । समाचारको गल्ती औँल्याएर सचेत गराउने महानुभावप्रति हार्दिक आभार प्रकट गर्दछौँ । – प्रधानसम्पादक ।

प्रकाशित मिति : २४ बैशाख २०७७, बुधबार  १० : १४ बजे

‘ओली–प्रचण्डकै नेतृत्वमा वाम एकता सम्भव छैन, नयाँ पुस्ता अगाडि आउनुपर्छ’

काठमाडौं– नेपाली कम्युनिस्ट आन्दोलनका प्रभावशाली नेता झलनाथ खनालले लामो समयदेखि

सिँचाइ क्षेत्रको दिगो विकासका लागि तीन तहबीच प्रभावकारी समन्वयमा जोड

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले ऊर्जा, जलस्रोत तथा

बिनु यादवलाई महिलामन्त्रीले भनिन्- आवश्यक सहयोग गर्छु

काठमाडौं– सिंहदरबारको मूल प्रवेशद्वारमा विगत आठ दिनदेखि धर्नामा रहेकी बिनु

पशुपति क्षेत्रमा गंगामाई रथयात्रा

काठमाडौं– पाशुपत क्षेत्रमा ऐतिहासिक गंगामाइ जात्रा मनाइएको छ ।  मंगलबार पशुपतिनाथ