पार्टी विधान बमोजिम सहमतिमा अघि बढ्नुपर्ने नेकपा नेता साहको भनाई | Khabarhub Khabarhub

पार्टी विधान बमोजिम सहमतिमा अघि बढ्नुपर्ने नेकपा नेता साहको भनाई


२४ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी नेकपा नेता प्रभु साहले पार्टीलाई अन्तरिम विधान बमोजिम दुई पक्षको सहमतिमा अगाडि बढाउनुपर्ने बताएका छन् ।

तत्कालिन नेकपा (एमाले) र नेकपा (माओवादी) मिलेर बनेर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बने पनि फरक-फरक विचार र विरासत बोकेको दुई पार्टीबीच भएको एकता एकीकृत विचार, संगठन र नेतृत्व निर्माण संक्रमणकालीन अवस्थामा रहेकाले विधान र सहमति दुबै पछ्याउन जरुरी रहेको उनको भनाई छ ।

संक्रमणकालीन अवस्था आफैँमा संवेदनशील एवं विशिष्ट भएकाले संगठन सञ्चालन सामान्य र परम्परागत विधिबाट सम्भव नहुँने उनको जिकिर छ ।

अल्पमत र बहुमतसहितको परम्परागत विधिको माग गर्ने यथास्थितिवादी पक्षधर र नेतृत्व, विचार र संगठनमा अलग-अलग अस्तित्व कायम रहेकाले त्यसको व्यवस्थापन महाधिवेशनबाट नभइन्जेल सहमतिमा चल्नुपर्छ भन्ने पक्षधरबीच विवाद भएको बताउँदै उनले तत्कालका लागि विधान र सहमति दुबैलाई अंगिकार गरेर अघि बढ्नु पर्ने बताएका हुन् ।

पार्टीभित्रकै केहि पुरातन यथास्थितिवादी नेताहरुले मूल नेतृत्वलाई प्रभावमा पारी आन्तरिक विवाद निवारणका लागि गलत ढंगले पार्टीको विभिन्न कमिटीलगायत संसदीय दलमासमेत अल्पमत र बहुमतको परम्परागत अंकगणितीय विधिबाट निर्णय लिन खोजेको उनको आरोप छ ।

यावत गतिविधी आम जनभावना तथा पार्टी एकताको मर्म र भावना विपरीत भएको बताउँदै साहले अबको स्थायी समिति बैठकमा यस विषयमा विशेष ध्यान दिन नेताहरुलाई आग्रह गरेका छन् ।

प्रकाशित मिति : २४ बैशाख २०७७, बुधबार  ११ : २४ बजे

जेनजी आन्दोलनमा तोडफोड र आगजनी गर्ने पाँच जना पक्राउ

हेटौँडा– गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका

‘सुम्निमा’ मा नवअभिनेत्री सोल गुरुङको अभिनय

काठमाडौं– निर्देशक मिलन चाम्सको नयाँ चलचित्र ‘सुम्निमा’ मार्फत नवअभिनेत्री सोल

धार्मिक आस्थाको केन्द्र ‘हडियाबाबा आश्रम’

बाँके– बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–६ फुल्टेक्रास्थित श्री १००८ हडियाबाबा आश्रम धार्मिक

उपराष्ट्रपति यादव कोरियाको राष्ट्रिय दिवस स्वागत समारोहमा सहभागी

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादव गणतन्त्र कोरियाको राष्ट्रिय दिवसका अवसरमा बुधबार

दूध बिक्रीबाट वार्षिक १३ लाख आम्दानी

कञ्चनपुर– भारतमा मजदुरी गरेर परिवार पाल्दै आएका कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–