व्यवसायीका समस्या समाधानका लागि सरकारलाई दबाव दिन्छौं– देउवा | Khabarhub Khabarhub

व्यवसायीका समस्या समाधानका लागि सरकारलाई दबाव दिन्छौं– देउवा


२४ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नीजि क्षेत्रका व्यवसायीहरुको समस्याका बारेमा संसदमा आवाज उठाउने प्रतिवद्धता व्यक्त गरेका छन् ।

बुधबार कांग्रेस केन्द्रीय कार्यालयमा नेपाली कांग्रेस संसदीय दलले आगामी आर्थिक वर्षको बजेटका विषयमा नीजि क्षेत्रसँग गरेको अन्तक्रिया कार्यक्रममा सभापति देउवाले कोरोनाको महामारीका कारण उद्योग कलकरखाना बन्द भएको र त्यसले नेपाली अर्थतन्त्रमा समेत नकारात्मक असर परेको भन्दै समस्या समाधानका लागि सरकारलाई दबाव दिने बताए ।

देउवाले भने,‘तपाईंहरुले उठाएका विषयलाई हामीले पार्र्लियामेण्टमा पनि उठाउँछौं । उद्योगी व्यवसायीहरुले व्याजदर पनि घटाउनुपर्ने भन्नुभएको छ । यसमा पनि एउटा बाटो निकाल्नुपर्छ भन्ने हाम्रो धारणा छ ।’

सभापति देउवाले प्रमुख प्रतिपक्षी दलको काम नै सरकारलाई दबाव दिने भएको उल्लेख गर्दै व्यवसायीको समस्या समाधानका लागि सरकारलाई दबाव दिने बताए । उनले भने,‘संसदमा मात्रै उठाउने हैन कि अर्थमन्त्री, प्रधानमन्त्रीलाई समेत भेटेर कोरोनाका कारण नेपालमा आउने समस्या समाधानका लागि सरकारलाई बाध्य बनाउनेछौं ।’

सभापति देउवाले विदेशमा रहेका नेपालीहरुलाई नेपाल ल्याउने विषयमा प्रधानमन्त्रीसँग आफुले आग्रह गरेको भन्दै सरकारले उपर्युक्त समयमा स्वदेश ल्याउने प्रतिवद्धता व्यक्त गरेको समेत जनाए ।

कांग्रेसले बनाएको छायाँ सरकारअन्तर्गतको अर्थ मन्त्रालयले बुधबार नीजि क्षेत्रका व्यवसायी, उद्योगी, होटल व्यवसायी र बैकरहरुलाई बोलाएर कोरोनापछिको नेपालको अर्थतन्त्र र आगामी बजेटका सन्दर्भमा छलफल गरेको हो ।

प्रकाशित मिति : २४ बैशाख २०७७, बुधबार  १ : ४४ बजे

क्षतिको पारदर्शी मुचुल्का तयार पार्न अनुरोध

पर्सा– जिल्ला प्रशासन कार्यालय पर्साले जेन-जी आन्दोलनका क्रममा सरकारी कार्यालयमा

इतिहास बोकेर फेरि उभिनेछ सिंहदरबार

काठमाडौं–  ऐतिहासिक सिंहदरबार जेन–जी प्रदर्शनको क्रममा भएको आगजनीले खण्डहर बनेको

फिर्ता हुन थाल्यो लुटिएको चामल र चिनी

सिरहा– सिरहाको लहान नगरपालिका–१ स्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनीको

दोहोरो मापदण्ड नअपनाउन इजरायललाई कतारको चेतावनी

दोहा – कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुल रहमान अल

राष्ट्रपति पौडेलबाट जितिया पर्वको शुभकामना

काठमाडौं–  राष्ट्रपति रामचन्द्र पौडेलले जितिया पर्वको अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनीहरूमा