कोरोनाको ‘रेडजोन’मा परेसँगै भोजपुरमा थप सतर्कता « Khabarhub

कोरोनाको ‘रेडजोन’मा परेसँगै भोजपुरमा थप सतर्कता


२४ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भोजपुर– भोजपुर पनि सरकारले निर्धारण गरेको कोरोना भाइरसको खतराको सूची (रेडजोन) मा परेपछि उच्च सतर्कता अपनाइएको छ ।

रेडजोनमा समेटिएसँगै जिल्लाको सुरक्षा व्यवस्थामा कडाइ गरिएको हो । ढुवानी साधनमा तथा अन्य जिल्लाका नाकाबाट लुकीछिपी जिल्ला प्रवेश गर्नेको सङ्ख्या बढ्न थालेपछि सुरक्षामा झनै कडाइ गरिएको जिल्ला प्रशासन कार्यालय भोजपुरले जनाएको छ ।

जिल्लामा सङ्क्रमित मानिस भित्रन सक्ने खतरालाई मध्यनजर गर्दै यहाँका नौवटै स्थानीय तहसँगै जिल्ला प्रशासन कार्यालयले सक्रियता बढाएको हो ।

उत्तरी क्षेत्रबाट जिल्ला प्रवेश गर्ने षडानन्द नगरपालिका र साल्पासिलिछो गाउँपालिका, पूर्वी क्षेत्रबाट प्रवेश गर्ने अरुण र पौवादुङमा गाउँपालिका, दक्षिणी क्षेत्रबाट प्रवेश गर्ने हतुवागढी र आमचोक गाउँपलिका र पश्चिमी क्षेत्रबाट प्रवेश गर्ने टेम्केमैयुङ गाउँपालिकामा रहेका सम्पूर्ण नाकामा सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाइएको हो ।

त्यस्तै यसअघि जिल्ला प्रवेश गरी क्वारेन्टाइनमा बसेका मानिसमा पनि उच्च निगरानी बढाइएको छ । जिल्ला प्रशासन कार्यालयले सबै स्थानीय तहमा रहेका मानिस बसेका क्वारेन्टाइनको स्थलगत अनुगमन गरेर उनीको अवस्थाका बारेमा समेत जानकारी लिँदै आएको प्रमुख जिल्ला अधिकारी वसन्तराज पुरीले जानकारी दिए ।

प्रजिअ पुरीले भने “भोजपुर कोराना खतराको सूचीमा परेसँगै यहाँ सुरक्षा संवेदनशीलालाई ध्यानमा राख्दै उच्च सतर्कता अनाइएको छ, जिल्ला प्रवेश गर्ने सबै स्थानीय तहका नाकामा सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाइएको छ ।”

हतुवागढी गाउँपालिका २६ वर्षीय युवकमा यही वैशाख ११ गते कारोना सङ्क्रमण पुष्टि भएसँगै अन्य क्षेत्रका क्वारेन्टाइनमा रहेका मानिसको पनि तीव्रगतिमा आरडिटी परीक्षण भइरहेको स्वास्थ्य कार्यालय भोजपुरले जनाएको छ ।

जिल्लामा मङ्गलबारसम्म २८९ को आरडिटी परीक्षण गरिएको छ । कोरोना सङ्क्रमित युवाफेला परेकापछि उनको सम्पर्कमा रहेका परिवार तथा अन्य व्यक्ति गरी २४ जनाको पिसीआर परीक्षणका लागि स्वाब सङ्कलन गरेर बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ ।

जसमध्ये १७ जनाको रिपोर्ट नेगेटिभ आएको छ भने अन्य आठ जनाको रिपोर्ट आउन बाँकी रहेको जनाइएको छ ।

जिल्लामा ५२१ क्वारेन्टाइन, १३ आइसोलेसन वार्ड निर्माण गरिएको छ भने जसमा ३२० क्वारेन्टाइनमा र २८६ होम क्वारेन्टाइनमा राखिएको छ ।

प्रकाशित मिति : २४ बैशाख २०७७, बुधबार  ३ : २६ बजे

मध्यपूर्व युद्धले ‘विश्वव्यापी खाद्य सुरक्षामा खतरा’ : विश्व व्यापार संगठन प्रमुख

जेनेभा – मध्यपूर्वमा जारी युद्धले विश्वव्यापी खाद्य सुरक्षामा गम्भीर खतरा

लुम्बिनीमा तेस्रो अन्तरराष्ट्रिय शान्ति महोत्सव सुरु

लुम्बिनी – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अनिलकुमार सिन्हाले विश्वमा

पूर्वाधारमा थप आक्रमण भएमा इरान संयम रहनु आवश्यक नरहने विदेशमन्त्री अराघचीको भनाइ

तेहरान – इरानका विदेशमन्त्री सयैद अब्बास अराघचीले इरानका पूर्वाधारमा पुनः

स्वच्छ र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गरेकामा आयोगलाई राष्ट्रपतिले दिए धन्यवाद

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विशिष्ट परिस्थितिमा घोषणा भएको निर्वाचनलाई

विमानस्थलबाट २८ हजार ९०० अमेरिकी डलरसहित तीन नेपाली पक्राउ

काठमाडौं – नेपाल प्रहरीले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट अमेरिकी डलर २८