बिस्फोटक पदार्थ पड्किँदा कञ्चनपुरमा ९ वर्षीय बालक घाइते | Khabarhub Khabarhub

बिस्फोटक पदार्थ पड्किँदा कञ्चनपुरमा ९ वर्षीय बालक घाइते


२४ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महेन्द्रनगर– कञ्चनपुरको महाकाली नगरपालिकामा बिस्फोटक पदार्थ पड्किँदा १ जना बालक घाइते भएका छन् ।

महाकाली नगरपालिका वडा नम्बर ३ दोधाराका ९ वर्षीय बालक महेन्द्र नेपाली बिस्फोटक पदार्थ पड्किँदा घाइते भएका हुन् ।

छिमेकी गाउँ शान्तिटोलको पटेराघारीमा भेटिएको शंकास्पद बस्तु खेलाउने क्रममा विस्फोट हुँदा ९ वर्षीय नेपाली घाइते भएका महाकाली नगरपालिकाका प्रवक्ता दिल बहादुर सिजालीले जानकारी दिए ।

सिजालीका अनुसार नेपालीको दुवै हातमा गम्भीर चोट लागेको छ । उनलाई उपचारका लागि धनगढीस्थित सेती प्रादेशिक अस्पताल लगिएको सिजालीले बताए ।

बिस्फोटक पदार्थ पड्किएको ठाउँमा नेपाली सेना र नेपाल प्रहरीको टोलीले अनुसन्धान गरिरहेको बताइएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक रविन्द्र नाथ पौडेलले उक्त बस्तु बम नभइ सानो खालको विस्फोटक बस्तु भएको बताए ।

प्रवक्ता पौडेलले घटनाको अनुसन्धान भइरहेको र उक्त बस्तु राख्ने समूह तथा व्यक्तिको खोजिकार्य भइरहेको जानकारी दिए ।

प्रकाशित मिति : २४ बैशाख २०७७, बुधबार  २ : ५१ बजे

चार दिनदेखि विद्युत आपूर्ति बन्द

हुम्ला– हुम्लाको सदरमुकाम सिमकोट चार दिनदेखि अन्धाकार भएको छ ।

एआईमा चीन भन्दा अमेरिका अगाडि, आविष्कारसँगै व्यावहारिक प्रयोगको अभ्यास

जेनेभा – संयुक्त राज्य अमेरिका र चीन कृत्रिम बुद्धिमत्ता (एआई)

कालीगण्डकी कोरिडोर : लस्ती–बेनी खण्ड कालोपत्र गरिँदै

म्याग्दी– कालीगण्डकी कोरिडोरअन्तर्गत लस्ती–बेनी खण्डमा कालोपत्र गर्न थालिएको छ ।

मतदाता नामावलीमा नाम दर्ता गर्नेको उत्साहजनक सहभागिता 

बैतडी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

देशभरको मौसम सफा रहने

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल