पहिलो फिल्ममा सैफले दिएका थिए यस्तो शट, निर्देशकले निकालेका थिए « Khabarhub

पहिलो फिल्ममा सैफले दिएका थिए यस्तो शट, निर्देशकले निकालेका थिए


२५ बैशाख २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – अभिनेता सैफ अली खानले फिल्म ‘बेखुदी’ बाट बलिउडमा डेब्यु गर्नेवाला थिए । तर, उनलाई निर्देशकले फिल्मबाट निकालिदिएका थिए ।

यो घटना सैफले हालै एक अन्तर्वार्ताका क्रमाना खुलासा गरेका थिए । त्यतिबेला सैफ डराएका थिए । उक्त फिल्ममा रिजेक्ट भएपछि सैफले यश चोपडाको फिल्म ‘परम्परा’ बाट डेब्यु गरे । जुन फिल्म सन् १९९३ मा रिलिज भएको थियो ।

सैफले शूटिङको पहिलो दिन कस्तो लागेको थियो भन्ने पनि खुलासा गरेका छन् । मुम्बई मिररलाई दिएको अन्तर्वार्तामा उनले खुलाए, निर्देशक राहुल राविल पहिलो दिन गीतको शूटिङ गर्दै थिए । सैफसँग को-स्टार काजोल थिइन् ।

सैफले भने – मलाई नक्कली आँसु झारेर गीतको लाइन गाउनु थियो । तर त्यो काम सजिलो थिएन । उतिखेरै एक्प्रेसन पनि बदल्नु पर्ने थियो ।

निर्देशकलाई सैफले रुचि नदेखाएको बुझेका थिए ।

‘म इङ्ल्यान्डको स्कूलबाट सीधै आएको थिएँ, खुबै डराएको थिएँ, मैले पक्कै नराम्रो गरेँ होला,’ उनले भने, ‘निर्देशकलाई मैले चासो नदेखाएको जस्तो लागेको थियो । त्यो शटमा मैले निकै खराब अभिनय गरेँ ।’

सैफले ‘दिल चाहता है’ पछि अभिनयमा अरु कोही बन्नुभन्दा आफ्नै प्राकृतिक अभिनय गर्ने सोचे । त्यसपछि उनले त्यस्तै खालका भूमिकामा अभिनय गर्न थाले ।

फिल्म ‘रेस’ मा उनले दाइको भूमिका निभाए । किनकि, यो बढी चुनौतीपूर्ण लाग्यो ।

हालै सैफको अभिनय रहेको फिल्म ‘तान्हाजी’ प्रदर्शनमा आएको थियो । यो फिल्मले बक्स अफिसमा शानदार कमाइ गर्‍यो । फिल्ममा अजय देवगन र काजोलको पनि शीर्ष भूमिका थियो ।

प्रकाशित मिति : २५ बैशाख २०७७, बिहीबार  ४ : ४० बजे

क्यानाडाली वस्तुमा ट्रम्पको थप शुल्क, व्यापार विवाद चर्किँदै

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानाडासँगको व्यापार विवाद थप चर्काउँदै

रसुवा बाढीको आर्थिक प्रभाव अध्ययन गर्न उपसमिति गठन

काठमाडौं- प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिले रसुवामा आएको बाढीले अर्थतन्त्रमा पारेको प्रभाव र

प्रधानमन्त्री बालेनले तीनै सुरक्षा निकायका प्रमुखसँग छलफल गर्दै, प्रधानसेनापतिलाई भेटे 

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले देशका तीनवटै सुरक्षा निकायका प्रमुखसँग उच्चस्तरीय

झापा र कैलालीमा जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप अभियान

काठमाडौं – जापानिज इन्सेफ्लाइटिस (जेई) संक्रमणका कारण बिरामी हुने र मृत्यु हुने क्रम बढेपछि

काभ्रेका बाढीपीडितको समस्या सरकारी अल्झनमै

बनेपा– काभ्रेका बाढीपीडितको समस्या सरकारी प्रक्रियाकै अल्झनमा बेरिएपछि उनीहरु बाढीपहिरोले