हाम्रा विरुद्ध योजनावद्ध रुपमा भ्रामक समाचार सम्प्रेषण गरियो– विप्लव « Khabarhub

हाम्रा विरुद्ध योजनावद्ध रुपमा भ्रामक समाचार सम्प्रेषण गरियो– विप्लव


१४ चैत्र २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विप्लव नेतृत्वको नेपाल कम्युस्टि पार्टी(नेकपा)ले आफ्ना पार्टी, आन्दोलन र नेताहरुका बारेमा असत्य, अस्वभाविक र भ्रामक समाचारहरु योजनावद्ध तरिकाले सम्प्रेशित भइरहेको आरोप लगाएको छ ।

विहीवार(आज) एक प्रेस विज्ञप्ति जारी गर्दै विप्लवले सञ्चारमाध्यममा आइरहेका शृंखलाबद्ध र योजनाबद्ध यस्ता भ्रामक समाचारहरुप्रति आफ्नो पार्टीको गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।

विप्लवले जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘पार्टीका विरुद्ध हुँदै नभएका कपोलकल्पित समाचार सम्प्रेषण गर्नु वास्तवमा पत्रकारिता हुँदैन ।’

भ्रामक र असत्य समाचारहरु जनता र राष्ट्रका लागि घातक भएको भन्दै विप्लवले नेकपाका बारेमा बिना तथ्य, अनावश्यक, असत्य र भ्रामक समाचार सिर्जना गरी सम्प्रेसण नगर्न अपिल गरेका छन् ।

प्रकाशित मिति : १४ चैत्र २०७५, बिहीबार  ४ : १९ बजे

वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई हिरासतमा राख्न तीन दिनको अनुमति

काठमाडौं- गोपनीयताको हकविरुद्धको अभियोग लगाएर पक्राउ गरिएका पत्रकार किशोर श्रेष्ठलाई

रोल्पा पहिरोप्रति रास्वपाद्वारा दुःख व्यक्त

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले रोल्पाको थवाङ–५, कोतलाबाङमा पहिरोमा परी

किशोर श्रेष्ठको गिरफ्तारीमा विश्व प्रेस काउन्सिलको आपत्ति, तत्काल रिहा गर्न माग

काठमाडौं- विश्व प्रेस काउन्सिल संघ (डब्लुएपीसी) ले नेपाली पत्रकार तथा

जगन्नाथ थपलियाले भने– स्वास्थ्यमा सुधार हुँदैछ, तत्काल राजनीतिक गतिविधिमा सक्रिय हुन सक्दिनँ

काठमाडौं– नेकपा एमाले बागमती प्रदेशका नेता जगन्नाथ थपलियाले आफ्नो स्वास्थ्य

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले दिए राजीनामा

काठमाडौं- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले राजीनामाको घोषणा गरेका छन्