फेसबुकले गोराजातिको उग्रवादमाथि लगायो प्रतिबन्ध « Khabarhub

फेसबुकले गोराजातिको उग्रवादमाथि लगायो प्रतिबन्ध


१४ चैत्र २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अमेरिका– सामाजिक सञ्जाल फेसबुकले आफ्नो साइटमा राखिएका गोरा जातिको पृथकतावाद र गोराजातिको राष्ट्रवादलाई समर्थन गर्ने, प्रसंशा गर्ने जस्ता सामग्रीलाई हटाउने भएको छ । फेसबुकले बुधबार ब्लगमार्फत् कुनै पनि गोराजातिको उग्रवादको फेसबुकको साइटसहित इन्स्टाग्राममा समेत प्रतिबन्ध लगाउने जनाएको हो ।

न्यूजिल्याण्डको क्रिष्टचर्च शहरमा गत मार्च १५ मा दुई मस्जिदमा ५० जनाजनाको ज्यान जानेगरी गराइएको आक्रमणका क्रममा गोराजातिको आक्रमणकारीले फेसबुकमार्फत् प्रत्यक्ष प्रसारण गरेपछि फेसबुकले गोराजातिका उग्रवादविरुद्ध पछिल्लो कदम चालेको हो ।

फेसबुकको पछिल्लो नीति आगामी साताबाट औपचारिक रुपमा लागू हुने बताइएको छ । फेसबुकले यसअघि पनि रंगभेदी सामग्रीलाई प्रतिबन्ध लगाउने गरेको छ । यद्यपि गोराजातिको उग्रवादलाई पनि अब फेसबुकले रंगभेदी सामग्री मानेर त्यसमाथि प्रतिबन्ध लगाउने भएको हो ।

क्रिष्टचर्च शहरका मस्जिदमा भएको आक्रमणपछि सामाजिक सञ्जाल कम्पनीहरु फेसबुक, ट्विटर, अल्फबेट कम्पनीको युट्युब लगायतमाथि पछिल्लो समय गोराजातिको उग्रवादी सामग्रीमाथि प्रतिबन्ध लगाउन चरम दबाब रहिआएको थियो ।

न्यूजिल्याण्डकी प्रधानमन्त्री जसिण्डा अर्डेनले फेसबुकको पछिल्लो कदमको स्वागत गर्दै सामाजिक सञ्जालका यस्ता कदमले गोराजातिको उग्रवाद सम्बन्धी अनलाइन सामग्रीहरुलाई अझै निरुत्साहित गर्नुपर्ने जनाएकी छिन् ।

प्रकाशित मिति : १४ चैत्र २०७५, बिहीबार  ५ : ४१ बजे

एच-१बी भिसाधारीको जागिर गए कठिन हुन सक्छ अमेरिका बसाइ, ६० दिनको ‘ग्रेस पिरियड’ हटाउने तयारी

वाशिङ्टन- अमेरिकामा एच-१बी भिसामा काम गरिरहेका विदेशी कर्मचारीको समस्या थपिन

रास्वपाको निर्णय : मन्त्रीहरूले महिनाको एक पटक पार्टी कार्यालयमा नागरिकसँग अन्तरक्रिया गर्ने

काठमाडौं- सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी भदौदेखि ‘नागरिक,

टाइफुन ‘डल्फिन’को तयारीमा चीन, साङ्घाईमा एक हजार ३०० उडान रद्द

बेइजिङ– टाइफुन ‘डल्फिन’ पूर्वी चीनतर्फ अघि बढेपछि साङ्घाईका दुई प्रमुख

सुशासनका लागि राजनीतिक नेतृत्वमा जबाफदेहिता आवश्यक : हरि ढकाल

पाटन– राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हरि ढकालले सुशासन कायम

युद्धपछि पहिलोपटक देखिए इरानी सर्वोच्च नेता मुजतबा, स्वास्थ्यबारे उठेका प्रश्नमा नयाँ बहस

काठमाडौं- इरानका नयाँ सर्वोच्च नेता मुजतबा खामेनेई युद्धपछि पहिलोपटक सार्वजनिक