आलियासँग हैन, यी व्यक्तिसँग रणवीरको बिहे गराउन चाहन्थे ऋषि कपूर ! « Khabarhub

आलियासँग हैन, यी व्यक्तिसँग रणवीरको बिहे गराउन चाहन्थे ऋषि कपूर !


२६ बैशाख २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – रणवीर कपूर यतिबेला आलिया भट्टसँग डेटिङ गरिरहेका छन् । यी दुईका तस्वीर सामाजिक सञ्जालमा चर्चामा रहिरहन्छन् ।
रणवीर र आलियाका पारिवारिक तस्वीर पनि बलिउडमा चर्चाको विषय बन्छन् ।

ऋषि कपूर भने रणवीरको बिहे आलियासँग नगरेर अरु कसैसँग बिहे गराइदिन चाहन्थे ।

सन् २०१८ मा ऋषिले ट्वीटरमा आफ्ना छोरा रणवीर कपूरको तस्वीर शेयर गरेका थिए । उक्त तस्वीरमा आयन मुखर्जी छन् ।

उनले दुईको तस्वीर शेयर गर्दै लेखेका थिए – मिल्ने साथी, के हुन्छ यी दुईले बिहे गरे भने ?

रणवीर कपूर र आयन मुखर्जीले फिल्म वेक अप सिडमा एकसाथ काम गरेका थिए । त्यसपछि उनीहरु पुनः कुनै फिल्ममा देखिएका छैनन् ।

यी दुई सँगै एकसाथ भ्याकेसनमा पनि गएका थिए । रणवीरकी गर्लफ्रेण्ड आलियाले पनि उनीहरुको ग्याङमा सामेल भएकी थिइन् ।

आलिया, आयन र रणवीरले नयाँ वर्षमा एकसाथ भएको तस्वीर शेयर गरेका थिए । आलिया र आयनले ऋषि कपूरलाई क्यान्सर हुँदा पनि सहयोग गरेका थिए ।

यो वर्ष रणवीर र आलियाले बिहे गर्ने चर्चा बलिउडमा छ । तर, यसबारेमा न रणवीरको परिवारले आधिकारिक जानकारी दिएको छ, न त आलियाको परिवारले केही बोलेको छ ।

प्रकाशित मिति : २६ बैशाख २०७७, शुक्रबार  ४ : ०० बजे

बेलायती पूर्वराजकुमार एण्ड्रियू रिहा

काठमाडौं- सार्वजनिक पदको दुरुपयोग गरेको आशङ्कामा पक्राउ परेका बेलायती पूर्वराजकुमार

मन्त्री श्रेष्ठद्वारा महिला केन्द्रित लगानीमा जोड

काठमाडौं– महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले जलवायु सहनशील

प्रधानमन्त्री कार्कीद्वारा मुक्तिनाथको दर्शन, निर्वाचन सफल पार्न निर्देशन

मुस्ताङ– प्रधानमन्त्री सुशीला कार्कीले यहाँको वारागुङ मुक्तिक्षेत्र–१ स्थित पवित्र मुक्तिनाथ मन्दिरको

नयाँ संसद् भवनमा हेरेपछि राष्ट्रियसभा अध्यक्षले भने : सोचेजस्तो निर्माणले गति लिएन

काठमाडौं– राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले सिंहदरबारमा निर्माणाधीन नयाँ संसद् भवनको

रविन्द्र मिश्रको चुनावी बाचा : जनताले विश्वास गरे राम्रा बाहेक कुनै काम गर्दिन

काठमाडौं– राप्रपाका वरिष्ठ उपाध्यक्ष एवं काठमाडौं क्षेत्र नम्बर १ का