सेयर बजार मंगलबारदेखि खुल्ने « Khabarhub

सेयर बजार मंगलबारदेखि खुल्ने


२७ बैशाख २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – लकडाउनका कारण बन्द भएको सेयर बजार आगामी मंगलबारदेखि खुल्ने भएको छ ।

कोरोना भाइरसको जोखिम कायमै रहे पनि डेढ महिनाभन्दा बढी समय बजार बन्द हुँदा लगानीकर्तामा नकारात्मक प्रभाव पर्ने भएकाले सतर्कतासहित बजार खोल्न लागिएको नेपाल धितोपत्र बोर्डले जनाएको छ ।

बोर्डका अनुसार नेपाल स्टक एक्चेन्ज (नेप्से) लाई आगामी मंगलबारदेखि दैनिक ११ देखि १ बजेसम्म २ घन्टा सेयर कारोबार खोल्न अनुमती दिइएको छ ।

बोर्डले नेप्सेलाई कोरोनाको प्रभाव रहेसम्म २ प्रतिशतमा सर्किट ब्रेकर लगाउन भनेको छ भने ब्रोकरले लगानीकर्तालाई भुक्तानी गर्दा अनिवार्य रुपमा विद्युतीय माध्यम प्रयोग गर्न निर्देशन दिएको छ ।

प्रकाशित मिति : २७ बैशाख २०७७, शनिबार  ८ : २६ बजे

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना