कोरोनाले धेरैको ज्यान गएपछि ट्रम्पले हिन्दु पूजारी बोलाएर ह्वाइट हाउसमा ‘शान्ति पाठ’गराए (भिडियोसहित) « Khabarhub

कोरोनाले धेरैको ज्यान गएपछि ट्रम्पले हिन्दु पूजारी बोलाएर ह्वाइट हाउसमा ‘शान्ति पाठ’गराए (भिडियोसहित)


२७ बैशाख २०७७, शनिबार  

पढ्न लाग्ने समय : 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

अमेरिका- कोरोना भाइरस संक्रमणका कारण अमेरिका नराम्रोसँग प्रभावित भइरहँदा राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसमा शान्तिपाठ गरिएको छ ।

हिन्दू धर्म दर्शनमा महत्वपूर्ण मानिएको र चार वेद मध्ये यजुर्वेदमा उल्लेख गरिएको शान्ति पाठको ऋचा ब्राह्मणद्वारा पाठ गराइएको हो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हिन्दू पुजारी बोलाएर ह्वाइट हाउनमा शान्तिपाठ गर्न लगाएका हुन् ।

न्यू जर्सीस्थित स्वामी नारयण मन्दिरका पुजारी हरिस ब्रम्हभट्टले ट्रम्पको आग्रहका उनको सामान्य विश्व शान्तिको कामना गर्दै मन्त्र वाचन गरेका हुन् ।

मे ७ का दिन बिहीबार राष्ट्रिय प्रार्थना दिवसको अवसरमा ट्रम्पले पुजारी ब्रम्हभट्टलाई ह्वाइट हाउसमा बोलाएका थिए ।

शान्तिपाठ र अर्थ

ॐ द्यौ: शान्तिरन्तरिक्ष शान्ति:पृथिवी शान्तिराप:

शान्तिरोषधय: शान्ति: वनस्पतय: शान्तिर्विश्वेदेवा: शान्तिर्ब्रह्म

शान्ति:सर्वँ शान्ति: शान्तिरेव शान्ति:सामा शान्तिरेधि सुशान्तिर्भवतु।

॥ॐ शान्ति: शान्ति: शान्ति: ॥

अर्थ : स्वर्ग लोकमा शान्ति होस्, अंतरिक्षमा शान्ति होस्, पृथ्वीमा शान्ति होस्, जलमा शान्ति होस्, औषधि शान्त होस् वनस्पतिहरु शान्त होस्, विश्वका देव शान्त हुन्, ब्रह्मदेव शान्त होस्, सर्वत्र शान्ति होस्, शान्ति नै शान्ति होस्, सम्पूर्ण शान्ति होस्, मलाई पनि शान्ति प्राप्त होस्, सर्वत्र शुभ शान्ति होसं.

॥ॐ शान्ति, शान्ति, शान्ति॥

ट्रम्पले सो क्रममा अमेरिकाले भगवानमा विश्वास गर्ने पनि बताए ।

ट्रम्पले भने, ‘हाम्रो देशले ठूलो कठिनाइ सहेको छ। तर तपाईंको विश्वास र प्रार्थनाहरुले हामीलाई शक्ति प्रदान गरिरहेको छ। हाम्रो देशको प्रत्येक भागमा हामीले नागरिकको माया र सद्भावको माध्यमबाट भगवानको कृपा देखेका छौं।’


अमेरिका सबैभन्दा धेरै प्रभावित

शनिवार अपराह्नसम्म अमेरिकामा १३ लाख २२ हजार भन्दा धेरै मानिस कोरोना संक्रमणका कारण प्रभावित बनेका छन् । जसमध्ये ७८ हजारको ज्यान गएको छ। विश्वभर २ लाख ७६ हजार भन्दा धेरैले कोरोना भाइरसका कारण ज्यान गुमाएका छन् ।

प्रकाशित मिति : २७ बैशाख २०७७, शनिबार  ४ : ३२ बजे

प्रतिनिधिसभा नियमावलीका दुई व्यवस्था कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं – सर्वोच्च अदालतले ‘प्रतिनिधिसभा नियमावली, २०८३’ का दुई नियम

मक्कातर्फ ड्रोन प्रहार गरेको साउदीको आरोप, हुथीद्वारा अस्वीकार

कायरो – साउदी अरबले यमनका इरान–समर्थित हुथी विद्रोहीले इस्लामको सबैभन्दा

अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जाँदै

काठमाडौं – अर्थमन्त्री डा स्वर्णिम वाग्ले भारत सरकारको निमन्त्रणामा तीनदिने

एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ

काठमाडौं – अवैध हुन्डी कारोबारमा सङ्लग्न भएको आरोपमा प्रहरीले एक

बाढीप्रभावितका लागि त्रिभुवन विश्वविद्यालयको नौ करोड २५ लाख सहयोग

काठमाडौं – त्रिभुवन विश्वविद्यालयले भोटेकोशी नदीमा गएको विनाशकारी बाढीबाट प्रभावित