लिपुलेकमा भारतले सडक बनाको विषयमा छलफल गर्न संसदीय समितिले गृह र परराष्ट्रमन्त्रीलाई बोलाए « Khabarhub

लिपुलेकमा भारतले सडक बनाको विषयमा छलफल गर्न संसदीय समितिले गृह र परराष्ट्रमन्त्रीलाई बोलाए


२७ बैशाख २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली भूमि लिपुलेक हुँदै मानसरोबर जाने सडक भारतले निर्माण गरेपछि संसदीय समितिहरुले चासो व्यक्त गरेका छन् ।

यस विषयमा छलफल गर्न प्रतिनिधिसभा अन्तर्गतका राज्यव्यवस्था तथा सुशासन र अन्तर्राष्ट्रिय सम्बन्ध समितिले बैठक आह्वान गरेका छन् ।

दुवै समितिले आइतबार बिहान साढे ८ बजे सिंहदरबारमा बैठक बोलाएका हुन् ।

बैठकमा गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलगायत सरकारी अधिकारीलाई छलफलका लागि बोलाइएको छ । यसअघि आजै परराष्ट्रमन्त्रालयले भारतले नेपाली भूमि लिपुलेक हुँदै मानसरोबर जाने सडक बनाएपछि नेपालले त्यसको विरोध गरेको छ।

परराष्ट्र मन्त्रालयले शनिबार अपराह्न एक विज्ञप्ति जारी गर्दै भारतीय कदमको विरोध गर्दै घटनालाई दुखपूर्ण भनेको छ ।

प्रकाशित मिति : २७ बैशाख २०७७, शनिबार  ५ : ५१ बजे

ट्याक्टर दुर्घटनामा बालकको मृत्यु

डुम्रे– तनहुँको देवघाट गाउँपालिका–४ काफलडाँडामा ट्याक्टर दुर्घटनामा परी बालकको मृत्यु

जुम्लाका आठ स्थानीय तहका १२६ उजुरी अख्तियारमा

जुम्ला– अख्तियार दुरुपयोग अनुसन्धान आयोग कर्णाली प्रदेश कार्यालय सुर्खेतमा जुम्लाका

श्रम संस्कृतिका सांसदको प्रश्न- हाम्रो एउटै प्रश्नले दुई तिहाइको प्रधानमन्त्री किन आत्तिनु ?

काठमाडौं- श्रम संस्कृति पार्टीको तर्फबाट निर्वाचित भोजपुरका सांसद धुर्वराज राई

कोशी प्रदेशसभाबाट एक विधेयक सर्वसम्मतिले पारित

विराटनगर– कोशी प्रदेशसभाको आजको बैठकले ‘प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान

पक्राउ परेकै दिन छुटे काठमाडौंका तत्कालीन प्रजिअ रिजाल

काठमाडौं- गत भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनका क्रममा