आइतबारदेखि उपत्यकामा गाडी चलाउन समय हेर्नुपर्ने ! | Khabarhub Khabarhub

आइतबारदेखि उपत्यकामा गाडी चलाउन समय हेर्नुपर्ने !


२७ बैशाख २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– लकडाउनका समयमा चल्ने सवारी साधन अब तोकिएको समयमा मात्र सञ्चालन हुन पाउने भएका छन् ।

आइतबारदेखि उपत्यकामा गाडी चलाउन समय हेर्नु पर्ने भएको हो ।

महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख एसएसपी भीमप्रसाद ढकालका अनुसार सबै कार्यालय वा संस्थाका सवारी साधन तोकिएको समयमा मात्र चलाउन पाइने छ । अर्थात समय हेरेर मात्र सवारी साधान चलाउन पाइने भएको छ ।

कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै लागू गरिएको लकडाउनका समयमा सरकारले सञ्चालन अनुमति दिएका कार्यालय, संस्था र सेवाका सवारी साधन तोकिएको समयमा मात्र सञ्चालन गर्न मिल्ने ढकालले खबरहबलाई जानकारी दिए ।

एक तिहाइ कर्मचारी मात्र कार्यालयमा हुने भनेर सरकारले निर्णय गरेको हुनाले उनीहरुलाई सरकारी कार्यालय प्रवेशका लागि विहान ९ बजेदेखि साढे १० बजेसम्म र बेलुका घर फर्कनका लागि ५ बजेदेखि ६ बजेसम्मको समय निर्धारण गरिएको उनले जानकारी दिए । त्यस्तै तरकारी र अन्य खाद्यवस्तुवाहक सावरीसाधन विहान १० बजे अघि सञ्चालन गर्नुपर्ने छ ।

ढकालका अनुसार वैंक र वित्तिय संस्थाका सवारी साधन विहान ९ बजेदेखि साढे १० बजेसम्म र घरफर्कनका लागि अपराह्न साढे ३ बजेदेखि ५ बजेसम्मको समयमा निर्धारण गरिएको छ ।

निर्माण सामाग्री बोकेको हकमा मालबाहक ट्रक/टिपरहरु बेलुका ८ बजेपछि र विहान ६ बजेसम्म उपत्यका छिर्न पाउने ढकालले जानकारी दिए ।

पानी र औषधि बोकेका सवारी भने दिनभर सञ्चालन हुन पाउने ढकालले खबरहबलाई जानकारी दिए ।

 

प्रकाशित मिति : २७ बैशाख २०७७, शनिबार  ६ : २९ बजे

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८१ साल माघ २० गते आइतबार माघ

आज २०८१ साल माघ २० गते आइतबारको राशिफल

काठमाडौं – आज २०८१ साल माघ २० गते आइतबार माघ

प्रयागराजको महाकुम्भमा नेपाली तीर्थयात्रीलाई निःशुल्क बस्ने र खाने व्यवस्था

काठमाडौं – ब्राह्मण अन्तर्राष्ट्रिय सङ्गठन ट्रष्टको संरक्षकका रुपमा संहिताशास्त्री अर्जुनप्रसाद

प्रयागराज महाकुम्भबाट फर्किंदै गरेका पाँच नेपालीको दुर्घटनामा परी मृत्यु

जलेश्वर – भारत, उत्तरप्रदेशको प्रयागराजमा महाकुम्भ स्थान गरेर फर्किरहेका पाँच

डोटीमा आठ करोडको सुन्तला उत्पादन

डोटी – जिल्लामा एक वर्षको अवधिमा रु आठ करोडको सुन्तला