नेपालगञ्जमा जनप्रतिनिधहरुको पनि कोरोना परीक्षण सुरु | Khabarhub Khabarhub

नेपालगञ्जमा जनप्रतिनिधहरुको पनि कोरोना परीक्षण सुरु


२८ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नेपालगञ्ज– बाँकेको नेपालगञ्जमा शनिबार (आज)देखि जनप्रतिनिधिहरुको पनि कोरोना परिक्षण सुरु गरिएको छ ।

कोरोना संक्रमितको संख्या बढ्दै गए पछि निरन्तर फिल्डमा खटिएर काम गर्ने जनप्रतिनिधिहरुको पनि स्वाब संकलन गरेर परिक्षण थालिएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।

शनिबार प्रदेश नम्बर ५ का सांसद मोहम्मद याकुब अन्सारी, नेपालगन्ज उपमहानगरपालिकाका मेयर डा.धवल शम्शेर राणा, उपमेयर उमा थापा मगर, कोरोना संक्रमितहरु भेटिएको वडा नम्बर ८ का वडाध्यक्ष सुरेन्द्र गुप्ता, वडा नम्बर ११ का वडाध्यक्ष उज्जवलसिंह राठोर, वडा नम्बर १२ का वडाध्यक्ष बुद्धिसागर सुबेदी र वडा नम्बर १३ का वडाध्यक्ष विरेन्द्र बहादुर शाहको स्वाब लिएर परिक्षणका लागि भेरी अस्पतालमा पठाइएको हो ।

नेपालगन्जमा वडा नम्बर ८ को एउटै टोल जोल्हनपुर्वामा मात्रै २३ जना संक्रमित भेटिएका छन् भने वडा नम्बर ७ मा एक जना गरी अहिलेसम्म २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रकाशित मिति : २८ बैशाख २०७७, आइतबार  १ : १३ बजे

सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेको सार्वजनिक नीति तथा प्रत्यायोजित

सवारी दुर्घटनामा एक जनाको मृत्यु, दुई घाइते

चितवन– चितवनको इच्छाकामना गाउँपालिका–२ हपनीमा सवारी दुर्घटना हुँदा एक जनाको

पर्सामा एक हजार ६९७ अनुचित लेनदेनका मुद्दा टुङ्गिए

पर्सा– अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी यहाँ एक हजार ६९७ उजुरी

आज देशभरको मौसम यस्तो रहनेछ

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आज विश्व निमोनिया दिवस मनाइँदै

काठमाडौं– निमोनियाबारे चेतना फैलाउने गतिविधिका साथै बालबालिका मृत्यु दर घटाउने