भारतले लिपुलेकमा सडक बनाएकोप्रति नेकपाको विरोध, निर्माण कार्य तत्काल रोक्न माग « Khabarhub

भारतले लिपुलेकमा सडक बनाएकोप्रति नेकपाको विरोध, निर्माण कार्य तत्काल रोक्न माग


२७ बैशाख २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले भारतले नेपाली भूमि लिपुलेकमा सडक निर्माण गरेको कार्यप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड)ले संयुक्त वक्तव्य जारी गर्दै भारत सरकारले नेपाली भूमिमा सडक निर्माण गरेको कार्यप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।

सिंगो मानव सभ्यता नै कोरोना भाइरस महामारीको चुनौतीसँग जुझिरहेका बेला भारतले सीमा क्षेत्र मिचेर सडक निर्माण गर्नु खेदजनक भएको पनि नेकपाका अध्यक्षद्वय ओली र प्रचण्डले आफ्नो विज्ञप्तीमा उल्लेख गरेका छन् ।

‘नेपाल कम्युनिस्ट पार्टी नेपाल र भारतबीच सार्वभौमिकता र समानतामा आधारित समधुर छिमेकी सम्बन्धमा विश्वास गर्छ,’ अध्यक्षद्वय ओली र प्रचण्डले जारी गरेको वक्तव्यमा भनिएको छ ।

सुगौली सन्धि तथा ऐतिहासिक दस्तावेज र प्रमाणका आधारमा महाकाली नदी पूर्वको लिम्पियाधुरा, कालापानी र लिपु लेक नेपाली भूमि भएको नेकपाको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

नेकपाले सडक निर्माणसँग सम्बन्धित सबै काम तत्काल स्थगित गर्न भारतसँग आग्रह गरेको छ । साथै यस्ता गतिविधिहरु पुनः नदोहोर्‍याउन पनि आग्रह गरेको छ ।

भारतले नेपाली भूमि अतिक्रमण गर्दै चीन प्रशासित तिब्बतमा रहेको कैलाश मानसरोवर यात्राका लागि नयाँ बाटो (सडक) खोलेको छ । भारतीय रक्षामन्त्री राजनाथ सिंहले शुक्रबार भिडियो कन्फ्रेन्समार्फत धार्चुला–लिपुलेक लिङ्क रोडको उद्घाटन गरेका थिए ।

भारतले नेपाली भूमि मिचेर सडक निर्माण गरेको भन्दै नेपालमा यसको विरोध भइरहेको छ ।

यसअघि परराष्ट्रय मन्त्रालयले समेत शनिबार एक वक्तव्य जारी गर्दै सडक निर्माण प्रति आपत्ति जनाएको थियो ।

प्रकाशित मिति : २७ बैशाख २०७७, शनिबार  १० : २३ बजे

बाढी प्रभावित ग्राहकलाई विद्युत् सेवामा राहत

काठमाडौं- सरकारले बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका परिवार तथा

राष्ट्रियसभामा चाडपर्वअघि उपभोग्य वस्तुको सहज आपूर्तिको माग

 काठमाडौं- राष्ट्रियसभाका सदस्यहरूले दशैँ, तिहारलगायत ठूला चाडपर्व नजिकिँदै गर्दा खाना पकाउने

बाढीपीडितको खोजी र उद्धारमा सरकारले अहंकार देखायो : सांसद घिमिरे

काठमाडौं– नेपाली कांग्रेसका राष्ट्रिय सभा सदस्य वासुदेव घिमिरेले रसुवाको भोटेकोशी

पाठ्यक्रम परिमार्जनका लागि रचनात्मक सुझाव संकलन

काठमाडौं– विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६ परिमार्जनका लागि देशभरबाट

कांगेसले भन्यो- आपूर्तिमन्त्री फेरिए पनि नागरिकले महँगी घटेको अनुभूति गरेनन्, कडा अनुगमन गरौँ

काठमाडौं– नेपाली कांग्रेसका सचेतक निश्कल राईले बाढीपीडितको पुनर्स्थापनाका लागि स्पष्ट